प्रेस सेन्टर नेपालद्धारा रामधुनीमा ३ दिने आधारभूत पत्रकारिता तालिम शुरु

रामधुनी,koshipost.com
प्रेस सेन्टर नेपालले सुनसरी जिल्लाको रामधुनी नगरपालिकामा ३ दिने आधारभूत पत्रकारिता तालिम शुरु गरेको छ । रामधुनी पालिकामा रहेको सेन्टरको सम्पर्क कार्यालयको सभाहलमा बुधबारबाट तालिम शुरु गरिएको हो । रामधुनी पालिकाका विभिन्न वडाबाट तालिममा सहाभागीत रहेका छन् ।
३ दिने तालिममा समाचार भनेको के हो ? समाचार कसरी लेख्ने ? भाषण कला बाट कसरी आफ्नो व्यक्तित्व विकास गर्ने ,धक नमानी स्टेजमा कसरी आफ्नो कुराहरू प्रस्तुत हुने भन्ने बारेमा तालिम दिइने सुनसरी जिल्ला अध्यक्ष तिर्थ कार्कीले जानकारी दिए । तालिम भदौं १७ गते समापन हुने अध्यक्ष कार्कीले बताए ।
प्रेस सेन्टरका केन्द्रीय सदस्य श्रीशीसा राई र सेन्टरका सुनसरी अध्यक्ष तिर्थ कार्कीले तालिमको सहजीकरण गरेका थिए । तालिमको उद्घाटन कार्यक्रममा सेन्टरका केन्द्रिय सदस्य अर्जुन शर्मा केन्द्रिय सचिव राजन क्रेडी र सेन्टरका सुनसरी जिल्ला सदस्य भवानी चुडालको उपस्थिति रहेको थियो ।