धरानका मेयर हर्क साम्पाङ राईलाई हङकङबाट ईवाहाङ दाजुभाई परिवारले ४५ वटा डस्बीन र शुभकामना सन्देश पठाए (भिडियो सहित)

धरान,koshipost.com
धरानको मेयर हर्कराज साम्पाङ राईलाई हङकङबाट ईवाहाङ दाजुभाई परिवारले ४५ वटा डस्बीन सहयोग स्वरुप पठाएका छन् । मेयर राईले धरानलाई सफा बनाउने अभियान थालेका कारण ६ जना ईवाहाङ दाजुभाईले धरान उपमहानगरपालिकाका मेयर राईलाई डस्बीन पठाएका हुन् । ईवाहाङ दाजुभाईले यस अघि पनि नगद ६० हजार मेयर साप्पाङको खानेपानी योजनालाई पठाईसकेका छन् । उनीहरु डस्बीन संगै मेयर राईलाई शुभकामना र सन्देश पनि पठाएका छन्

डस्बीन पठाउने दाजुभाईको नाम यस्तो छ । कृष्ण ईवाहाङ हाल हङकङ नेपाल जिल्ला सुनसरी धरान १९ , ज्ञान बहादुर ईवाहाङ हाल हङकङ नेपाल जिल्ला सुनसरी धरान १९ , अमृृत बहादुर ईवाहाङ हाल हङकङ जिल्ला सुनसरी धरान १९ त्यस्तै, श्री ईवाहाङ हाल हङकङ नेपाल जिल्ला सुनसरी धरान १९ , दिल बहादुर ईवाहाङ हाल युके नेपाल जिल्ला सुनसरी धरान १९ र नेत्रं ईवाहाङ हाल हङकङ नेपाल जिल्ला सुनसरी धरान १९ एकै घरका हामी ६ जना ईवाहाङ दाजुभाई परिवारबाट स्वार्गीय बुबा टक्कर बहादुर ईवाहाङ र आमा कान्छीरानी ईवाहाङको नाममा धरान उपमहानगरपालिकालाई हाम्रो कान्छी बुहारी सुष्मा चेम्जोङ र पत्रकार दिल बहादुर राई मार्फत सहयोग स्वरुप ४५ वटा डस्बीन पठकाएका छौं । त्यो संगै सन्देश र शुभकामना पनि पठाएका छौं स्वीकारी दिनु होला मेयर ज्यू ईवाहाङ दाजुभाईले सन्देमा लेखेका छन् ।
धरान उपमहानगरपालिकाका युवा नेता मेयर हर्कराज साम्पाङ राई ज्यू लाई ५ वर्षे कार्यकालको हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं । साथै देशविदेशबाट धरानको विकासका लािग स्वाच्छा भावनाले आर्थिक नैतिक सहयोग गर्नुहुने तपाई नेपाली भाषी मनाका धनी नेपाली आमा बुबा दाजुभाई दिदीबहिनी लगायत उर्जासिल धरानवासीमा सेवारो दर्शन सबैलाई नमस्कार छ ।
धरान उपमहानगरपालिकाका हाम्रा युवा नेता सादा जीवन महान बिचारका धनी किरातीको छोरा मेयर हर्कराज साम्पाङ राई ज्यूले समृद्धि धरान र सुखी धराने बनाउका खातीर हाम्रो धरानको लागि विकास गदै विनास र भ्रष्टाचारलाई रोक्दै जनताले दिएको मतको कदर गदै धरानलाई देशबिदेश सम्म राम्रो काम र नामले चिनाउनु भएकोमा हाम्रो ईवाहाङ परिवारको तर्फबाट लाखौं लाख कार्यकाल र सफलताको शुभकामना व्यक्त गर्दछौं ।
नेपालको ७ सय ५३ वटा स्थानीय तह मध्ये धरान उपमहानगरपालिकालाई श्रमिकको क्रान्ति बाट चिनाउने प्रयासमा लाग्नु भएको मिडिया मार्फत खबर सुन्न र देख्न पाउदा हामी बाध्यताले बिदेशीभूमिमा रहेका नेपाली त्यसमा पनि धरानवासी भएका नाताले नेपालकै नमूना शहर धरान बन्छ भन्नेमा विश्वास्ता छौं ।
मेयर हर्क साम्पाङ्ग ज्यु नेपालमा रोजगारी नभएका कारण हामी बिदेशीभूमिमा कार्यरत छौं । तपाईले धरानका लागि बिकास गर्छु भन्नु हुँदा हामीलाई धेरै खुशी लाग्छ । तपाइको लक्ष्य र धरानको बिकासमा सहयोग पुगोस् भन्ने मनशायले यो भन्दा अगाडी पनि हामी ईवाहाङ परिवारले रु ६० हजार सहयोग पठाका थियौ. र यस पटक भने ४५ वटा डस्बीन सहयोग स्वरुप पठकाछौं ।
संयोक भन्नु पर्छ तपाई जस्तो जोस जाँगर र बिकास प्रेमी युवा नेता मेयर धरानवासीले पाएको छ र तपाईले पनि मनका धनी सहयोगी पैसा दिएर श्रमदान गर्ने धराने जनता पाउनु भएको छ । अहिले सम्म धेरै राम्रा राम्रा काम भएको भन्ने मिडिया बाट जानकारी पाईरहेका छौं, यस्तै शु समाचार सुन्न र देख्न पाईरहौं भन्ने मेयर ज्यू तपाईबाट अपेक्षा राखेका छौं ।
सामजिक सञ्जालमा हेर्दा तपाईले धरानका जनतालाई मात्र नभएर नेपालभरका नेपाली भाषी र नेपाललाई माया गर्ने विश्वका कुना कन्दरामा छरिएर बसेका सबैलाई एउटै माला बनाएर राख्नु भए जस्तो हामीले महशुष गरेका छौं । यो भन्दा अगाडी पनि धरानमा मेयरहरु बनेका थिए उहाँहरुले गरेको कार्य शैली र तपाईले गर्नु भएको कार्यशैली फरक भएका कारण आज तपाई लोकप्रिय हुनु भएको छ । यो लोकप्रिय तपाईको कार्यकाल भरी टिक्न सकोस् भन्ने हामी कामना गर्दछौं ।
छिट्फुट् कता कता सामजिक सञ्जालमा के के कुरा पनि सुन्न थालिएको छ त्यस तर्फ पनि मेयर ज्यू तपाई चनाखो भएर सबैलाई मिलाएर लैजानु होला शुभचिन्तकको हैसियतले हामी यहाँलाई अनुरोध गर्दछौं । लोकतन्त्रमा त्यस्ता टिकाटिप्णी भने हुन्छ नै तर तपाई एउटा धरान उपमहानगरपालिकको गरिममाय पदमा रहनु भएको हामी सबैको नगर पिता हुनु भएकाले चौतर्फी सोच बिचार गरेर अघि बढ्नु होला हामी यहाँलाई आग्रह गर्दछांै । धरानमा तपाईले गर्नु भएको काम हेर्न र सहयोग गर्न धरान बाहिरको मान्छे धरानमा आएको सुन्न पाउँदा हामीलाई खुशी लाग्छ । मेयर ज्यू यहाँले गर्नु भएको सबै काम राम्रो छ धरानमा बिकासको ढोका खोलिएको जस्तो सबैले महशुष गरेका छन् हामीले पनि महशुष गरेका छौं ।
मेयर ज्यू कोशीको पानी ल्याउने कुराकानी के हुदैछ साथै साबुन कम्पनीको कुरा पनि थियो मेयर ज्यू त्यो बारे पनि जान्न पाए हुन्थ्यो , कोशीको पानी ल्याउने कार्यक्रम शुरु भयो भने हामी ईवाहाङ परिवारको तर्फबाट यहाँलाई पूर्ण सहयोग हुन्छ भनेर हामीले पत्रकार दिल बहादुर राई भन्जालाई जानकारी गराएका थियौं पक्कै पनि यहाँलाई सुनाउनु भयो होला । भन्दै यहाँले धरानका लागि थाल्नु भएको बिकासे काममा सधै सहयोग गर्ने प्रतिबद्धता सहित यो सन्देश तपाई सम्म पु¥याई हामीलाई सहयोग गर्नु हुने पत्रकार दिल बहादुर राई र हाम्रो बुहारी सुष्मा चेम्जोङलाई धन्यवाद दिदै यहाँको कार्यकाल सफलता रहोस् भन्ने कामना गदै पुन हार्दिक बधाई तथा शुभकामना छोड्दै बिदा हुन्छौं ईवाहाङ परिवार सेवारो हाल युके र हङकङ , मेयर राईलाई डस्बीन संगै यसरी शुभकामना र सन्देश पनि पठाएका छन् ।
मेयर साम्पाङको योजना मन पराएर युकेबाट सहयोग स्वरुप लाली माया लिम्बुले ५० हजार पठाईन्
धरान १९ स्थायी घर भएकी लाली माया थेगिमले मेयर राईको योजना मन पराएर युकेबाट सहयोग स्वरुप रु ५० हजार पठाएकी छिन् । थेगिमले आफ्नो स्वार्गीय बुबा जगत बहादुर थेगिम र आफ्नो श्रीमान शन्तराज ईवाहाङको नाममा धरानमा चलीरहेको खानेपानीको योजनालाई सहयोग होस् भन्ने मनशायले नगद रु ५० हजार सहित सन्देश शुभकामना पठाएकी हुन् ।

धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ राई ज्यू को ५ वर्षे कार्यकाल सफलता पूर्वक बितोस् भनी म लाली माया थेगिमको तर्फबाट हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । साथै स्वाच्छा भावना र अन्तरआत्मा देखि युवा नेता मेयर राईलाई साथ दिनु हुने तपाई सम्पुर्ण धरान बासी उर्जासिल आमाबाबु दाजुभाइ दिदिबहिनी छरछिमेक नातागोता साथीभाईहरुमा म लालीमाया थेगिमको सेवारो दर्शन सबैलाई नमस्कार छ ।
सादा जीवन तर महान बिचारका धनी किरातीको छोरा मेयर हर्कराज साम्पाङ राई ज्यू तपाईले हाम्रो धरानको लागि विकास गदै विनास र भ्रष्टाचारलाई रोक्दै जनताले दिएको मतको कदर गदै धरानमा भएका सबै कुरालाई जनता सामु पारदशी बनाउनु लागेको खबर सुन्न पाउँदा खुशी लागेको छ । थेगिमले शुभकामना सन्देशमा लेखेकी छिन् ।
म पहिला धरानमा बस्दा पानीको सारै दुःख थियो अहिले तपाई मेयर भएर आएपछि धरानमा खानेपानीको समस्य हट्दै जादै छ रे भनेको सुन्दैछु । तपाईले धरानबासीका लागि गर्नु भएको बिकासे काम यहाँ युकेमा बसेर मैले हेरीरहेकी छु । तपाई जस्तो महान बिचारका धनी बिकास प्रेमी छोरा पाउने आमालाई पनि म सम्मान गर्न चाहान्छु ।
तपाईले गर्नु भएको सबै बिकासे काम मलाई राम्रो लाग्यो त्यसैले धरानको बिकासमा मेरो पनि समर्थन छ भन्नुको खातिर मैले मेरो कान्छी बुहारीको हातमा रु ५० हजार पठाई धरानका पत्रकार दिल बहादुर राई मार्फत मेयर ज्यू सम्म आईपुग्छ । मैले पठाएकी ५० हजार यो पैसा मेयर ज्यू तपाईले धरानको जे बिकासमा आवश्यक पर्छ त्यसैमा खर्च गर्नु होला । तपाईको योजना र काम राम्रो लागेर मैले धरान उमहानगरपालिकालाई सहयोग गरेकी हुँ ।

म धरानमा नभए पनि तपाईको योजना र कामलाई सहयोग गर्ने मन भएर युकेबाट यो सानो सहयोग स्वरुप रु ५० हजार पठएकी छु । हामी बिदेशमा भएपनि तपाईलाई हाम्रो सधै सहयोग रहनेछ कति पनि बिचलित नभई आफ्नो काम र कर्तव्यमा शत्रुरलाई पछि पादै धरानको बिकासे काममा लागी रहनु होला म एउटा धराने नागरिक र उमेरको हिसाबले आमाको तर्फबाट यही सन्देश र आशिरवार्द दिन चाहन्छु । सेवारो लालीमाया थेगिम हाल युके नेपाल घर जिल्ला सुनसरी धरान १९ , युकेबाट थेगिमले धरान उपमहानगरपालिकालाई नगद सहयोग संगै यसरी मेयरलाई शुभकामना सन्देश पठाएकी छिन् ।