राजनीतिसमाचारहेडलार्इन

धरानमा स्वतन्त्र उम्मेद्वार कुमार कार्कीको समूहद्धारा कार्यालय उद्घाटन

धरान,koshipos.com
सुनसरीको धरानमा स्वतन्त्र उम्मेद्धार कुमार कार्कीको समूहद्धारा कार्यालय उद्घाटन गरेको छ । सोमबार एक कार्यक्रम बिच कार्कीको समूहले धरानमा निर्वाचन परिचालन समितिको कार्यालय उद्घाटन गरेको हो । धरान १५ ज्ञानचुक्र्ष मार्गमा कार्यालय स्थापना गरी चुनावी कार्यक्रम अघि बढाईएको छ ।


कार्यालय उद्घाटन सुनसरी क्षेत्र नं. १ का प्रतिनिधि सभाका स्वतन्त्र उम्मेदावर कुमार काकीीले उद्घाटन गरेका थिए । दलहरुले मुलुकलाई सही गति दिन नसकेकोले अव स्वतन्त्रले मुलुकलाई सही गतिमा लैजाने भएकाले दलको बिकल्प वैकल्पि शक्तिको रुपमा अघि बढेको स्वतन्त्रलाई जनताले खोजेको कार्कीले बताए ।


कार्यक्रममा सुनसरी क्षेत्र नं १ क तर्फका प्रदेश सभाका उम्मेद्वार खगेन्द्र श्रेष्ठ लगायत कार्की समूहका समर्थकहरुको उपस्थिति रहेको थियो ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button