
बराहक्षेत्र,koshipost.com
सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका वडा नं. १ पैदले स्थित सप्तकोशी नदी किनारामा एक जना पुरुषको लास फेला परेको छ । सप्तकोशी नदी देखि अन्दाजी ५० मिटर पुर्ब निलो जिन्स पाईन्ट, बेल्ट लगाएको, कम्मर देखी माथीको भागमा लुगा कपडा नभएको, घाटी, टाउको, जीउ, शरीर, हातखुट्टा लगायतको छाला मासु सडिगली किरा परी दुर्गन्धित भएको अवस्थामा एकिन नामथर वतन नखुलेको अन्दाजी बर्ष ३५र४० वर्ष उमेरको वेवारिसे पुरुष मानिसको लाश फेला परेको हो । उक्त लाशको हालसम्म सनाखत हुन नसकेको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।

मृतकको हुलिया (निलो जिन्स पाईन्ट, बेल्ट लगाएको, घाटी, टाउको, जीउ, शरीर, हातखुट्टा लगायतको छाला मासु सडिगली किरा औसा परि दुर्गन्धित अवस्थामा रहेको एकिन नामथर वतन नखुलेको प्रहरीले जनाएको छ ।