समाचारसमाजहेडलार्इन

लागुऔषध सहित धरानमा एक युवा पक्राऊ

धरान,koshipost.com

लागुऔषध सहित धरानमा एक युवा पक्राउ परेका छन् । सुनसरी धरानका एक युवा प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेको हो । विषेश सुचनाको आधारमा प्रहरीले धरान–११ स्थितबाट लागूऔषध र औषधिसहित युवालाई पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान(११ का २६ वर्षीय बिरु भुजेललाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।


उनलाई स्पासपेन १७१६ ट्याब्लेट, ट्रामोल २७७५ क्याप्सुल, स्पास्मो प्रोक्सिभन प्लस ६७५ क्याप्सुल, नाइट्रोसन २७ ट्याबलेट, एक्सकाफ डिएक्स १९ बोतल लागूऔषध तथा नियन्त्रिय औषधी र नगद १ लाख ६ हजार रुपैयाँसहित उनकै घरबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको हो । पक्राउ परेका भुजेलको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button