राजनीतिसमाचारहेडलार्इन

सुनसरी क्षेत्र नं.१ मा लोकतान्त्रिक (बाम) गठबन्धनका उम्मेद्वारहरु जनताको घरदैलोमा

धरान,koshipost.com
सुनसरी १ नम्बर क्षेत्रका उम्मेद्धारहरु जनताको घरदैलोमा पुगेर समस्य बुझ्दै चुनावी प्रचार प्रसार अभियानलाई तिब्रता दिएका छन् । आगामी मङ्सिर(४ गते हुन गईरहेको संघ र प्रदेसको निर्वाचन नजिकिए संगै सुनसरी क्षेत्र नम्बर १ का लोकतान्त्रिक (बाम गठबन्धनका साझा उम्मेद्वारहरुले घरदैलो कार्यक्रमलाई तिब्रता दिएको हो ।

शनिबार धरान(८ स्थित कबिर टोल, सभा गृह लाईन, दिद्धार्थ मार्ग, भोटेपुल लगायतका स्थानहरुमा घरदैलो गरिएको छ । सुनसरी क्षेत्र न.१ का प्रतिनिधि सभा सदस्यका साझा उम्मेद्वार मुक्सामहाङ मेन्याङ्बो(मुकेस) र सुनसरी(१९क) का उमेस थापाले घरदैलो कार्यक्रमलाई लाई तिब्रता दिएका हुन् । घरदैलो कार्यक्रमका क्रममा मतदाताहरुको सकारात्मक प्रतिक्रिया पाउनुका साथै मतदान गर्न उत्सुक रहेको पाएको प्रतिनिधि सभाका उम्मेद्वार मुकेसले कोशीपोष्ट डटकम संगको कुराकानीमा बताए ।
कुराकानीको क्रममा बोल्दै उम्मेद्धार मुकेसले भने ‘हाम्रो बारेमा बजारमा भ्रम फिजाए जस्तो छैन रहेछ , जनता हामी संग पोजेटिभ देखिएका छन् यस पटक संघ र प्रदेशमा बाम गठबन्धनलाई सुनसरी क्षेत्र नम्बर १ का जनताले मत दिएर बिजय गराउनुहुन्छ भन्ने हामी जनताको घरमा पुग्दा सुनियो’ बाहिर जुन जस्तो जनता निरास छन, मतदान गर्न उत्सुक छैनन भन्ने कुरा गलत हो’ उम्मेद्धार मुकेशले थपे ।

स्थानीय वासी प्रबिन मगरले संघ र प्रदेशकोे निर्वाचन ५ बर्षमा आउने हुदा आफ्नो मताधिकारको प्रयोग गर्न आफु उत्साहित भएको सुनाए । ‘लोकतान्त्रिक(बाम गठबन्धनका दुबै जना उम्मेद्वार ताजा हुनुहुन्छ , उहाहरुलाई मत दिन्छौ ’मगरले भने । त्यस्तै, अर्का स्थानीय वासी सुनिता लिम्बुले दुबै जना उम्मेद्वार युवा भएकाले एक पटक मत दिएर अवसर प्रदान गर्ने सुनाईन् ।
‘बजार तिर यदाकता निर्बाचनको उत्साह देखिएको छैन भन्छन तर मतदान गर्न पाउनु सम्बैधानिक अधिकार भएकाले म त मङ्सिर( ४ गते मतदान गर्न आतुर छु , यस पटक बाम गठबन्धनलाई नै मतदान गर्ने सोचेकीछु ’ सुनिताले उम्मेद्धार घरदैलोमा पुग्दा सुनाईन् ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button