
काठमाण्डौं,koshipost.com
पुर्वेली गीत लान्छ्ु तिमीलाई घुमाउदै धरान शहर म्युजिक भिडियो सार्वजनिक भएको छ । चर्चित गायिका मेलिना राई र गायक सक्थिम योङ्याको युगल आवाजमा रहेको पुर्वाञ्लको सुन्दर शहर धरान बजार धनकुटाको पेरीफेरीमा रहेर रचना गरिएको गीत “लान्छु तिमीलाई धुमाउदै, धरान शहर” को म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

गीतकार विष्णु खजुमको शब्द रचना रहेको गीत पुर्वाञ्चलको सुन्दर शहर धरानको परिवेशमा रहेर रचना गरिएको गीतको संगीत समेत गायक योङ्याले नै संगीत गरेका हुन्। विगत लामो समयदेखि हङकङ आफ्नो कर्मथलो बनाउदै आएका प्रकाश लिम्बुले निर्माण गरेका गीतको म्युजिक भिडियो पुर्वाञ्चलको विभिन्न चर्चित पर्यटकीय स्थलहरुमा छायांकन गरिएको निर्देशक देवजंग थापाले बताए ।

धनकुटा जिल्लाको पर्यटकीय स्थल भेडेटारको मुख्य बजार लगायत पाथिभरा मन्दिर,भेडेटारको थुम्की बजार ,मोरङ जिल्ला र सुनसरी जिल्लाकोे खदम खोलाको पुल त्यस्तै, धरानको वी.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरमा छायांकन गरिएको गीत प्रकाश लिम्बुको युटुव च्यानल मिडिया कनेक्शन मार्फत आज सार्वजनिक गरिएको आईतबार सार्वजनिक गरिएको छ ।
सार्वजनिक गीतको ऐरेन्ज, मिक्सिङ र मास्टरिङ चण्दु गोर्खालीले गरेका हुन् भने ओलवाइड काठमाडौ र हिमालय टोन हङकङमा रेकर्ड गरिएको हो।

ड्रेसमा दावा गुन्जन कलेक्शन र आर स्वार कलेक्शन बुटिक धरानले प्रदान गरेका थिए । त्यस्तै, सृगारमा स्वास्तिका श्रेष्ठ, लाइटमा हर्क पहारी, रमेश पराजुली, राजु लामा, क्यामेरा देव जंग थापा र इसीसी स्टुडियो काठमाडौंमा प्राविधिक पक्षको सम्पूर्ण काम सम्पन्न गरिएको हो ।
पुर्वेली चर्चित मोडल रेखा लिम्बु, योमन सोदेम्बा लिम्बुको मुख्य अभिनय रहेको छ । उक्त म्युजिक भिडियोमा गरिमा डान्स सेन्टर धरानका कलाकारहरुले कोरोसको भुमिका निर्वाह गरेको निर्देशक देवजंग थापाले जानकारी दिए ।