राजनीतिसमाचारहेडलार्इन

‘एमालेको नेतृत्वमा सुकुम्बासी समस्या समाधान हुन्छ’

धरान,koshipost.com
नेकपा एमाले र जनता समाजवादी पार्टी नेपालका साझा उम्मेदवारहरुले भुमिहीन सुकुम्वासीहरुको समस्या समाधान गर्ने प्रतिवद्धता जनाएका छन् । सोमबार धरान १३ स्थित चुनावी घरदलोै अभियानमा पुगको उम्मेदवारहरुले यस्तो कुराको प्रतिवद्धता व्यक्त गरेका हुन् । चुनावी कोण सभामा बोल्दै सुनसरी क्षेत्र नम्बर १‘क’ तर्फका उम्मेदवार रमेश कुमार वस्नेतले सुकुम्वासीको समस्या समाधान गर्नको लागि नेकपा एमाले नेतृत्व सरकारले ऐन वनाएकाले कार्यान्वयन गर्नको लागि दुइ मत नभएको वताए ।


‘ भुमिहीन सुकुम्वासी र अव्यवस्थित वसोवास गर्नेहरुलाई पुर्जा प्रदान गर्न ऐन वनिसकेको छ,अव कुनै सुकुम्वासी भुमिहीन हुनु नपर्ने वताए । उनले भने,‘पुर्जा प्राप्त गर्ने गरि ऐन एमाले नेतृत्वको सरकारले वनाएको छ,अव एमाले नेतृत्वको सरकारले कार्यान्वयन गर्दछ,त्यसैले कोही पनि सुकुम्वासीहरु पुर्जा विहीन हुनु पर्ने छैन’ उम्मेद्धार बस्नेतले बताए ।


यसैगरी धरान –१३ को सुकुम्वासीहरुको विवरण सुकुम्वासी आयोगले सुचिकृत गरिसकेकाले त्यो पनि एमालेकै पहलमा भएकाले पुर्जा प्राप्त हुने कुरामा ढुक्क हुन आग्रह गरेका छन् । पहिलो स्थानीयत तहको निर्वाचनबाट निर्वाचित भएका धरान उपमहानगरपालिकाका मेयर तारा शुव्वाले धरान १३ बाट नै सुकुम्वासीहरुलाई घर नम्बर वितरणको नयाँ कामको थालनी गरेका थिए । एमाले जसपा सहितको उम्मेदवार आज घर दैलो अभियानमा धरान १३ मा व्यस्त रहेका थिए ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button