Uncategorizedराजनीतिसमाचारहेडलार्इन

बागी उम्मेदवारलाई सहयोग गर्नेहरुलाई पार्टीको काममा फर्कन ज्वालाको आग्रह

धरान,koshipos.com
बागी उम्मेदवारलाई सहयोग गर्नेहरुलाई पाटीको काममा फर्कन मजदुर नेता भीम ज्वाला राईले आग्रह गरेका छन् । चुनावी कोण सभामा एमाले जसपाका साझा उम्मेदवारलाई मत माग्दै नेकपा एमाले प्रदेश कमिटी सदस्य ज्वालाले पार्टी निर्णयको सम्मान गर्न नसक्नु बागीका लागि प्रत्युत्पादक हुने बताए ।


धरान १६ मा आयोजित कोण सभालाई सम्बोधन गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर सगठनका केन्द्रीय अध्यक्ष ज्वालाले बागी उम्मेदवारको कटाक्ष गरे । बागी उम्मेदवारलाई सहयोग गर्नेहरुलाई पार्टी काममा फर्कन ज्वालाले अनुरोध पनि गरे । उनले मङ्सिर ४ आउन पाँच दिन रहेकाले पार्टी सम्पर्कमा आएर पार्टी निर्णय अनुसार दृढतापूर्वक काम गर्न आग्रह गरे । बागी उम्मेदवारलाई भेडाको सज्ञा दिदै ज्वालाले भीर ताकेर हिडेको भेडोको पछि लागेर गए दुर्घटना हुने बताए ।

नेकपा एमालेको केन्द्रीय निर्णय विरुद्ध बागी उम्मेदवारी दिएका धरानका पूर्व मेयर मनोजकुमार मेन्याङ्बोप्रति लक्षित गर्दै ज्वालाले भने, ुउहाँलाई पार्टीले उपमेयर बनायो, मेयर बनायो र साम्सदको टिकट पनि दियो, तर आज पार्टी निर्णयको सम्मान गर्न नसकेर पार्टीविरुद्ध लाग्नु भयो।ु ज्वालाले कटाक्ष गर्दै भने, ुघर बिगार्नेसँग पार्टी निर्माणको अपेक्षा गरेछौं । चुनावी कोण सभालाई सम्बोधन गर्दै मजदुर नेता ज्वालाले सत्ता गठबन्धनलाई भोट दिनु भनेको भारतीयलाई दाहिने हातले सिन्दुर र देब्रे हातले नगरिकता दिनु हो, एमसीसी पास गर्नेहरुलाई अनुमोदन गर्नु हो, कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतलाई बुझाउने भारतीय कम्फर्टेबलहरुको पक्षमा उभिनु हो ।

ज्वालाले प्रश्न गरे, ुतपाइहरु कसलाई भोट दिनुहुन्छ, राष्ट्रको सार्वभौम सत्ता बचाउन खोज्ने, सीमा रक्षा गर्न खोज्ने र मुलुकलाई समृद्ध र सुखी बनाउछु भन्नेलाई कि विदेशी इशारामा नाच्ने, देशलाई गुलाम बनाउन खोज्ने, फिजीकरण र सिक्किमीकरण गर्न खोज्नेलाई रु धरानका चिया पसलमा हुने गफलाई उद्धृत गर्दै नेता ज्वालाले यो पटक धरानेले राष्ट्रिय नेता प्राप्त गरेको बताए । धरानको पहुँच केन्द्रमा पुग्न सकेन भनेर सर्वसाधारणको गुनासो भैरहेका बेला धरानेलाई अवसर प्राप्त भएको ज्वालाले बताए ।
‘यो पटक हामीलाई केन्द्रसग जोड्ने शालिन, बौद्धिक र क्षमतावान नेता नेकपा एमालेले दिएको छ, प्रतिनिधि सभामा छाता चिन्नहमा मतदान गरी राष्ट्रिय नेता अशोककुमार राईलाई जिताउन आवश्यक छ, ज्वालाले भने धरानका दुर्गमलाई विकास गर्न हामीसामु अवसर आएको छ ।

ज्वालाले धरानलाई एक थान साम्सद पर्याप्त नहुने बताए । एमाले जसपा विरुद्ध चुनावी मैदानमा देखिएका अनुहारहरु सम्झन आग्रह गर्दै मजदुर नेता ज्वालाले मतदाताहरुलाई भने एउटा स्वतन्त्र साम्सदको काम, कर्तव्य र अधिकार नीति निर्माण गर्ने र कानुन बनाउने हो, विकास र परिवर्तनको नेतृत्व पार्टीले गरेको हुन्छ, निर्दलीय व्यक्तिलाई जिताएर धरानको कायाकल्प गर्न सम्भव छैन’ ज्वालाले भने । ‘स्थानीय चुनाव जस्तो सम्सदीय चुनाव होइन एमाले जसपाका साझा उम्मेदवारलाई छाता चिह्नमा मतदान गरी प्रतिनिधि सभामा पठाउनहोस्’ उनले थपे ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button