
धरान,koshipos.com
सुनसरी क्षेत्र नं १ को मतगणना बाहिदा स्वतन्त्र पार्टीका घण्टीले अग्रता लिएको छ । मंगलबार बिहानसम्म धरानको वडा नं १, २ र ३ को प्रतिनिधिसभातर्फ ५०३३ मतगणना गर्दा घण्टी चुनाव चिन्हले अग्रता लिएको हो ।
वडा १, २ र ३ को मतगणना सकिदा घण्टी चुनाव चिह्न भएको राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेद्वार गोमा तामाङ (सरिन) ले ९७३ मत पाएर सबैभन्दा अगाडि छिन् । दोस्रोमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेद्वार अशोककुमार राई (अविरल)ले ९५१ मत पाएका छन् भने तेस्रोमा स्वतन्त्र उम्मेद्वार मनोजकुमार मेन्याङ्बोले ९१० मत प्राप्त गरेका छन् । यसैगरी, एमाले जसपाका उम्मेद्वार अशोककुमार राईले ७८५ मत प्राप्त गरेका छन् भने सत्ता गठबन्धनका उम्मेद्वार मुक्सामहाङ मेन्याङ्बो (मुकेश) ७४६ मत प्राप्त गरेका छन् ।
यता प्रदेशसभा (१) १ मा राप्रपाको अग्रता
प्रदेशसभा निर्वाचन क्षेत्र नं १ (१) मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेद्वार उद्धव श्रेष्ठ (मकै)को अग्रता कायमै छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार ६४३६ मतगणना सकिदा उनले २०७५ मत प्राप्त गरेका छन् । उनलाई नेपाली कांग्रेसका उम्मेद्वार उमेश थापाले १८७३ मतका साथ पछ्याइरहेका छन् भने नेकपा एमालेका उम्मेद्वार रमेशकुमार बस्नेतले १६५६ मत प्राप्त गरेका छन् ।