सुनसरी क्षेत्र नं १को प्रतिनिधिसभा सदस्य मेन्याङ्बोको अग्रता कायमै,बिवादिद् बनेको मतगणना सुचारु (भिडियो सहित)

धरान,koshipost.com
सुनसरी क्षेत्र नं. १को प्रतिनिधिसभा सदस्य तर्फ मुकेश मुक्सामहाङ मेन्याङ्बोको अग्रता कायमै रहेको छ । १३ हजार ९ सय ४७ मतगणना गर्दा मेन्याङ्बोले ३०१२ मत पाएको हो । यता एमाले जसपाका उम्मेद्वार अशोककुमार राईले २५६० मत प्राप्त गरेका छन् । यो समाचार तयार पार्दा सम्म राईलाई मेन्याङ्बोले ४५२ मतले पछि पादै अग्रता कायम गरेका हुन् । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेद्वार गोमा तामाङ (सरिन) २१४५ मत पाएकी छिन् । त्यस्तै, स्वतन्त्र उम्मेद्वार मनोजकुमार मेन्याङ्बोले १३९६ र मातृकाप्रसाद भट्टराईले १२८१ मत पाएका छन् ।

मतगणना भईरहदा धरान वडा नं ६ को मतगणना सकेर गणक कर्मचारी र उम्मेद्वारका प्रतिनिधिहरुको मत ट्याली गर्दा ५ मत फरक देखिएपछि विवाद उत्पन्न भएको थियो । गठबन्धनका उम्मेद्वार मुक्सामहाङ मेन्याङ्बोको मत फरक देखिएको थियो । सो विवादले राती १ बजेदेखि बिहान ६ बजेसम्म मतगणना स्थागीत भएको थियो । बिवाद मिलेपछि बिहान ६ बजेबाट पुन मतगणना गन्न शुरु गरिएको निर्वाचन अधिकृत रुद्रप्रसाद अर्यालले जानकारी बताए ।