
धरान,koshipost.com
सुनसरी क्षेत्र नं १ मा प्रतिनिधिसभातर्फ एमाले जसपाका उम्मेद्वार अशोककुमार राईले सरिन तामाङ लाई ६२५ मतान्तरण पछाडी छोड्दै अग्रता कायम राखेको छ । निर्वाचन अधिकृतको कार्यालयले आईतबार राती ९ बजेसम्म ७१ हजार ३४२ मतगणना सकिदा राईलाई ६२५ मतको अग्रता लिएको जानकारी दिएको हो ।

राईले १५ हजार ५८२ मत पाप्त गरेका छन् । राईलाई पछ्याउदै आईरहेकी राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेद्वार गोमा तामाङ (सरिन) ले १४ हजार ९५७ मत प्राप्त गरेकी छिन् । त्यस्तै, नेकपा माओवादी केन्द्रका उम्मेद्वार मुक्सामहाङ मेन्याङ्बो (मुकेश) ले ११ हजार ८१२ मत पाएका छन् । त्यसैगरीे स्वतन्त्र उम्मेद्वार मनोजकुमार मेन्याङ्बोले ७ हजार २८६ र राप्रपाका अशोक राई (अविरल)ले ७ हजार २५६ मत पाएका छन् । यो समाचार तयार गर्ने बेला सम्म ५ जार ५ सय ११ मत गणना गर्न बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ ।