महिला सञ्जालको नाम लिएर बार्गेनिङ गर्ने शान्ता खड्कालाई कारबाही माग गदै महिला सञ्जालले दिए प्रहरीमा निवेदन (भिडियोसहित)

धरान,koshipost.com
सुनसरीको धरानमा महिला सञ्जालको नाम लिएर विभिन्न घटनामा पैसाको बर्गेनिङ गर्ने गरेको भन्दै धरान १४ की शान्ता खड्का बिरुद्ध धरानका महिला सञ्जालले ईलाका प्रहरी कार्यालय धरानमा निवेदन दिएका छन् । सञ्जालको नाम लिएर विभिन्न घट्नामा , विभिन्न व्यक्तिलाई ठगेको भन्दै शुक्रबार कानुनी कारबाहीको माग गर्दै सञ्जालले प्रहरीमा निवेदन दिएको हो ।
सञ्जालकी अध्यक्ष सपना राईले दिएको निवेदनमा धरान १७ की रविना चौधरीको मृत्यु भएको घटनामा थुनामा रहेको उनको श्रीमानलाई मुद्दा मिलाइदिने भन्दै खड्काले बर्गेनिङ गरेको कुरा मृतकका आफन्तहरुले मिडियामार्फत सार्वजनिक गरेको उल्लेख गरेकी छिन् । आरोपित खड्काले पटक पटक महिला सञ्जालको नाममा सर्वसाधारणहरुलाई ठगी गर्दै आएको र अपराधिक कार्य बढ्दै गएकोले अनुसन्धान गरी कानुन वमोजिम कारबाही गर्न र आगमी दिनमा खड्काले यस्तो हर्कत र अपराध गर्न नपाहोसु भन्ने उद्देश्यले महिला सञ्जालले प्रहरीमा निवेदन दिएको हो ।

प्रहरीमा निवेदन दिनुअघि महिला सञ्जालले पत्रकार सम्मेलन गर्दै शान्ता खड्का महिला सञ्जालमा आवद्ध नरहेको जानकारी दिएको थियो । आरोपीत खड्काले यता केही समयदेखि सञ्जालको नाम लिएर केही व्यक्तिहरुलाई निरन्तर वदनाम गर्ने काम गरिरहेको भन्दै सञ्जालले आपत्ति र निन्दासमेत गरेको छ । ‘कानुन विपरीत कुनै पनि कार्यहरुमा महिला सञ्जाल हिजो पनि समावेश थिएन, आज पनि छैन, र हुने छैन,’अध्यक्ष सपना राईले पत्रकार सम्मेलनमा बताईन् ।
धरान १७ मा यहि पौष २ गते मृत्यु भएकी रविना चौधरीको श्रीमान जर्बजस्ती करणी मुद्दामा थुनामा रहेका अनिस चौधारीलाई जेलाट छ्टाईदिने र मुद्दा लगाउने गंगा राई लाई बयान फेर्न लगाउने भन्दै महिला सञ्जालकी बताउने शान्ता खड्काले १० लाख देखि ३ लाख सम्म पैसाको बार्गेनिङ गरेको मृतकका आफन्तहरुले विभिन्न मिडिया र सामजिक सञ्जाल मार्फत जानकारी दिएका थिए । पत्रकार सम्मेलनमा महिला सञ्जालले खड्का महिला सञ्जालको सदस्य समेत नरहेको जानकारी दिदै खड्काले ठगी धन्दा चलाईरहेको आरोप लगाएका छन् ।
विगतमा पनि खड्काले सञ्जालको नाम लिएर आर्थिक लेनदेन गरेको थाह पाएपछि प्रहरी कार्यालयमा बोलाएर आइन्दा नगर्ने सर्तमा छोडिएको पनि सञ्जालकी अध्यक्ष सपना राईले पत्रकार सम्मेलनमा सुनाईन् । ‘हामीले त्यति बेला नै कानुनी कारबाहीमा जाने भनेका थियौं, तर वलियो प्रमाण थिएन, र प्रहरी कार्यालयमा छलफलमा बोलाएर अबदेखि त्यसो नगर्ने भनेर छाडेका थियौं,’अध्यक्ष राईले बताईन् ,‘ पहिला खड्का संग छलफल गर्दा प्रमाण पुग्दो थिएन यसपाली त खड्काले पैसाको बार्गेनिङ गरेको अडियो भिडियो नै प्रमाणको रुपमा हामीलाई पिडितले उपलब्ध गराएपछि हामीले यस्तो ठगी धन्दा बन्दा गर्न र मानिस ठगिन बाट बचाउन खड्का बिरुद्ध कानुनी कारबाहीका लागि प्रहरीमा निवेदन दिएका हौंं’ । अध्यक्ष राईले पत्रकार सम्मेल्नमा बताईन्