
धरान,koshipost.com
प्रतिबन्धित लागुऔषध गाँजा सहित ट्याम्पो चालकको घरबाट १७ केजी गाँजा बरामद गरिएको छ । इलाका प्रहरी कार्यालय धरानले एक ट्याम्पो चालकको घरबाट १७ केजी अवैध लागुऔषध गाँजा बरामद गरेको हो । ट्याम्पोमा २ सय ग्राम गाँजा फेला परेपछि घर खानतलासी गर्दा उक्त परिमाणको गाँजा बरामद गरिएको हो ।
गाँजा सहित ट्याम्पो चालक धरान(१३ भृकुटी मार्ग बस्ने ४९ वर्षीय परशुराम गुरुङलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ । इलाका प्रहरी कार्यालय धरानले बुधवार प्रेस विज्ञप्ति मार्फत पत्रकारलाई दिदै यस्तो जानकारी दिएको हो ।
ईलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक बुद्ध श्रेष्ठ (डिएसपी)का अनुसार गएको पुस २४ गते साँझ साढे ७ बजे ट्याम्पो चालक गुरुङलाई धरान(१२ छाता चौक स्थित सार्वजनिक बाटोमा को२ह१८५६ नम्बरको हरियो रङ्गको ट्याम्पो चलाउँदै गर्दाको अवस्थामा शङ्का लागि चेकजाँच गर्दा ट्याम्पोमा २ सय ग्राम गाँजा फेला परेको थियो ।
ट्याम्पोमा गाँजा बरामद गरेपछि उनले घरमा समेत गाँजा राखेको भनी प्रारम्भिक बयान दिएका थिए । बयान अनुसार उनको घर खानतलासी गर्दा १७ किलोग्राम गाँजा बरामद गरिएको इलाका प्रहरी कार्यालय प्रमुख श्रेष्ठले बताए । गुरुङलाई हिरासतमा लिई सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।
यस्तै, मोटरसाइकलमा ५ केजी गाँजा लिएर हिँडिरहेको अवस्थामा धनकुटाका भूमिराज राई र जमनध्वज राईलाई प्रहरीले पक्राउ गरेको छ । धरान ईलाका प्रहरी कार्यालमा पुगेरका पत्रकारहरुलाई प्रहरीले जानकारी दिए । प्रहरीका अनुसार उनीहरूलाई गएको माघ ४ गते गाँजा सहित पक्राउ गरिएको थियो ।

माघ ४ गते पौने ८ बजे धरान(८ भोटे पुल स्थित सडकमा ट्राफिक चेकिङ भइरहेको बेला उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश १(०२(०४१ प ४६४७ नम्बरको बजाज पल्सर मोटरसाइकलमा सवार दुई जनालाई शङ्का लागि सोधपुछ गर्ने क्रममा गाँजा भेटिएको प्रहरीले जनाको छ । चालक धनकुटा सहिदभुमी गाउँपालिका वडा ४ खोकु बस्ने २१ वर्षीय भूमिराज राई र पछाडि बस्ने २१ वर्षीय जमनध्वज राईले बोकेको झोला चेकजाँच गर्दा नियन्त्रित लागु औषध गाँजा ५ वटा पोका फेला परेको प्रहरी नायव उपरिक्षक श्रेष्ठले जानकारी दिए ।