राजनीतिसमाचारहेडलार्इन

अनुशासनको कारवाहीगर्न छानविन समिति गठन

धरान,koshipost.com
गत स्थानीयतह र प्रदेशसभातथाप्रतिनिधिसभा सदस्यको निर्वाचनमाअन्तरघात र असहयोग भएको भन्दै नेपालीकांग्रेसले सोको छानविन गर्न छानविन समिति गठन गरेको छ । नेपालीकांग्रेस सुनसरी क्षेत्र नं. १ का क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा बसेको बैठकले छानविन समिति गठन गरेको हो । बैठकले निर्वाचन समिक्षाकार्यक्रमको प्रतिवेदन र स्थानीय पार्टी नेतृत्वह?को रायअनुसार निर्वाचनमा पार्टीकाआधिकारिक उम्मेदवारलाई असहयोग र अन्तरघात गर्नेह?माथिअनुशासनको कारवाही अघाडि बढाउन छानविन समिति गठन गरेको क्षेत्रीय सचिवएवम् प्रवक्ता केशव पुरीले बताए ।


उनकाअनुसार क्षेत्रीयउपसभापतिएवम् प्रदेशसभा १(१) का सभापतिअनिलश्रेष्ठको संयोजकत्वमा क्षेत्रीयकोषाध्यक्ष सुवर्ण श्रेष्ठ, प्रदेशसभा १(१) सचिवयुवराजशंकर, प्रदेशसभा १(२) सचिवविजय घिमिरे, धराननगर सचिवजितेन्द्र राई, बराहक्षेत्र नगर सचिव हरिकृष्ण भट्टराई, रामधुनीनगर सहसचिव सरल कटवाल सदस्य र क्षेत्रीय सहसचिव सुमित राई सदस्य सचिव रहेको छानविन समिति गठन गरिएको छ ।


बैठकमा प्रदेश नं. १ का सांसद एवम् महासमिति सदस्यममतातामाङ, सुनसरी जिल्ला सचिवमाधव घिसिङ, प्रदेशसभा १(२) सभापति मुरारी भट्टराई, जिल्ला सदस्यह? प्रदिप बस्नेत, अनुपमा सुनुवार लगायतको पनिउपस्थिति रहेको थियो ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button