अर्थ खबरसमाचारहेडलार्इन

धरान अवलोकनकर्ताको सहजीकरणका लागि धरान एक्स्पो २०७९को अवसरमा निःशुल्क बस सेवा

धरान,koshipost.com
अवलोकनकर्ताको सहजीकरणका लागि धरान एक्स्पो २०७९ मा निःशुल्क बस सेवा उपलब्ध गराइएको छ । सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा धरान रङ्गशालामा जारी एक्स्पोलाई लक्षित बस सेवा उपलब्ध गराइएको आयोजकले जानकारी दिएको हो । एक्स्पोका संयोजक गोपाल श्रेष्ठका अनुसार धरानका विभिन्न पाँच स्थानबाट एक्स्पो स्थलसम्म बस सेवा उपलब्ध गराइएको छ ।


धरानको चतरा बस स्ट्यान्ट, पानमारा स्कुल डाँडा, बरगाछी (रानी पेट्रोल पम्प), बगरकोट पारी (सेउती पुल) र मंगलबारे चोकबाट बस सेवा उपलब्ध रहेका छन् । ‘एक्स्पोमा अवलोकन गर्न सहज होस् भन्ने उद्देश्यसहित निःशुल्क बस सेवा उपलब्ध गराइएको छ’ संयोजक श्रेष्ठले भने, ‘तर अवलोकनकर्ताको फर्किने समय निश्चित नभएकाले बस सेवालाई एकतर्फिमात्र गरिएको छ ।’


फागुन ११ गतेबाट शुरु भएको एक्स्पो फागुन २० गतेसम्म सञ्चालन हुनेछ । एक सय २३ स्टल अवलोकन गर्न सकिने एक्स्पोमा रैथाने, नेपाल, भारत, बंग्लादेश र पाकिस्तानका उत्पादनबारे जानकारी लिन र खरिद गर्न सकिनेछ । त्यसबाहेक बाल उद्यम, मनोरञ्जन, सेल्फी जोन, खानाका परिकार र राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति हेर्न पाइनेछ ।

यस ठाउँहरुबाट आयोजकले निःशुल्क बस सेवा उपलब्ध गराएका छन् ।
चतरा बस स्ट्यान्ड – दिउँसो २ः३० बजे
पानमारा स्कुल डाँडा – दिउँसो २ः३० बजे
वरगाछी (रानी पेट्रोल पम्प) – दिउँसो १ः३० बजे
बगरकोट पारी (सेउती पुल)– दिउँसो १ बजे
मंगलबारे चोक – दिउँसो २ः३० बजे

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button