समाचारहेडलार्इन

धरान एक्स्पोमा सोमबार देखि रोटेपिङ सञ्चालनमा आयो

धरान,koshipos.com
धरानमा फागुन ११ गतेबाट संचालनमा आएको धरान एक्स्पो फागुन १५ गते सोमबार देखि संचालनमा आएको छ । उपमहानगरपालिकाले अनुमति दिएसँगै धरान एक्स्पोमा आज बाट रोटेपिङ सञ्चालनमा अआएको हो । नलिई सञ्चालनमा ल्याउन लागिएको भन्दै एक्स्पोको पहिलो दिनबाट नै पालिकाले रोटेपिङमा रोक लगाएको थियो ।


रोटेपिङ सञ्चालनको विषयमा जानकारी दिँदै एक्स्पोका संयोजक गोपाल श्रेष्ठले सबै प्रक्रिया पूरा भएकाले आजबाट रोटेपिङ सञ्चालनमा आउने जानकारी दिए । ‘आवश्यक प्रक्रिया पुरा गरे पनि पालिकासँग समन्वय हुन बाँकी रहेको थियो त्यसलाई हामीले पूर्णता दिएका छौँ’ एक्स्पो संयोजक श्रेष्ठले भने, ‘पालिकाबाट अनुमति प्राप्त भएसँगै आजबाट एक्स्पोमा रोटेपिङ सञ्चालनमा आउनेछ ।’


सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा फागुन ११ बाट धरान रङ्गशालामा जारी एक्स्पोमा रोटेपिङबाहेक अन्य मनोरञ्जनका सामग्री र बाल उद्यान सञ्चालन भइरहेका छन् । एक्स्पोको पाँचौं दिन आज चर्चित गायक दीपक लिम्बूको साङ्गीतिक प्रस्तुति रहनेछ । गायक लिम्बूबाहेक स्थानीय कलाकार र समूहले आ–आफ्नो प्रस्तुति दिने बताइएको छ ।


फागुन २० गतेसम्म सञ्चालन हुने एक्स्पोमा एक सय २३ स्टल अवलोकन गर्न सकिनेछ । एक्स्पोमा दिउँसो ३ बजेसम्म निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । दिउँसो तीनदेखि पाँच बजेसम्म टिकट दर ५० ?पैयाँ राखिएको एक्स्पोमा पाँच बजेपछि प्रवेश शुल्क २ सय ?पैयाँ निर्धारण गरिएको छ ।


एक्स्पो अवलोकनकर्ताको सहजीकरणका लागि धरानका विभिन्न पाँच स्थानबाट निःशुल्क बस सेवा उपलब्ध गराइएको छ भने एक्स्पो स्थलसम्म सञ्चालन हुने अटोमा छुटको व्यवस्था गरिएको आयोजक सुनसरी उद्योग वाणिज्य संघले बताएको छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button