समाचारसूचना प्रबिधिहेडलार्इन

श्री एयरलाइन्सको जहाजको ईन्जिन जाँच गरेर मात्र उडाउन भन्दै प्राधिकरणले रोक्यो

[mashshare]

काठमाण्डौं,koshipost.com
श्री एयरलाइन्सको जहाज ईन्जिन जाँच नगरी नउडाउनु भन्दै नागरिक उड्यान प्राधिकरण (क्यान)ले रोकेको छ । जहाजको इन्जिन सुरक्षा जाँचपछि मात्रै उडान गर्न निर्देशन दिदै उड्यान प्राधिकरण (क्यान)ले उडाउनमा रोक लगाएको हो । जहाजको इन्जिन सुरक्षा जाँच नसकिएसम्म उडान नगर्न प्राधिकरणले निर्देशन दिएको छ ।


प्राविधिकले जाँचपछि मात्रै उडान गर्न दिने निर्णय गरिएको क्यानका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । उनले बिगतमा श्री एयरलाइन्सका प्राविधिकले सुरक्षा जाँच गर्दा प्राविधिक त्रुटि पाइएकाले अब क्यानको जाँचपछि मात्रै जहाज उडान गर्न दिने निर्णय भएको बताए । “क्यानका प्राविधिकले जहाजको इन्जिन जाँच गरेर ठिक छ भने मात्र उडान भर्न पाउँछन्, बिगतमा श्रीकै प्राविधिकले जाँच गरेपछि उडान भर्ने गरेकाले समस्या देखियो । बिहीबारको घटनापछि जहाज निलम्बनमा छ”, प्रवक्ता निरौलाले भने । प्राधिकरणको यो निर्णयपछि श्री एयरलाइन्सका जहाजले कुनै पनि उडान गर्न पाउने छैनन् ।

श्री एयरलाइन्सका व्यवस्थापक अनिल मानन्धरका अनुसार क्यानले ढिलो निर्णय दिएकाले यात्रुलाई समयमै खबर गर्न नपाउँदा मर्कामा परेका बताए । आजका लागि १४ उडान निर्धारण गरिएकामा हालसम्म तीन उडान रद्द भइसकेका छन् । प्राविधिक जाँचपछि दिउँसोसम्म बाँकी उडान भर्ने सम्भावना रहेको उनले बताए । व्यवस्थापक मानन्धरले भने, “क्यानको निर्णयबारे हामीलाई आज बिहान साढे सात बजेमात्र जानकारी भयोे, बिहीबार साँझसम्म खबर पाएको भए यात्रु व्यवस्थापनमा सहज हुने थियो ।”

बिहीबार काठमाडौँबाट भैरहवाका लागि उडान भरेको जहाजको इन्जिनमा आगो लागेको सङ्केत देखिएपछि उक्त जहाजलाई पुनः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै फर्काएर सुरक्षित अवतरण गरिएको थियो । श्री एयरलाइन्सका साना–ठूला गरी आठ वटा जहाज रहेका छन् त्यसमध्ये ४ वटा मात्रै सञ्चालनमा रहेका छन् ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button