समाचारस्वास्थ्यहेडलार्इन

सिकारीलले चलाएकोे भरुवा बन्दुकको गोली लागेर एक किशोरको मृत्यु

सल्यान,koshipost.com
सिकारीले चलाएको भरुवा बन्दुकको गोली लागेर एक किशोरको मृत्यु भएको छ । सल्यानमा सिकारीको भरुवा बन्दुक पड्किदा किशोरको मृत्यु भएको हो । बनगाड कुपिण्डे नगरपालिका–९ स्वाराका अन्दाजी १६ वर्षीय चित्र बहादुर रावतको गोली लागेर मृत्यु प्रहरीले जनाएको छ ।


जिल्ला प्रहरी कार्यालय सन्यानका अनुसार अनुसार जंगलमा सिकार खेल्न जाँदा सोही ठाउँका अन्दाजी ४० वर्षीय आइते रावतले बोकेको बन्दुकको गोली लागेर घाइते भएका चित्र बहादुर घाइते हुन पुगेका थिए ।


घाइते चित्रबहादुरको उपचारका लागि सुर्खेत लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए । बन्दुक बोक्ने सिकारी आइतेलाई प्रहरी पक्राउ गरेर थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button