समाचारस्थानीयहेडलार्इन

मेयर साम्पाङको स्वकीय सचिवले वडाअध्यक्षहरुलाई पत्राचार गरेपछि कार्यपालिका बैंठकमा मेयर र वडाअध्यक्षहरु बिच चर्काचर्की (भिडियो सहित)

धरान,koshipost.com

धरानका मेयर हर्क साम्पाङको स्वकीय सचिवले वडाअध्यक्षहरुलाई विना छाप पत्राचार गरेपछि १४औं कार्यपालिका बैंठक स्थागित भएको छ । मेयर साम्पाङका स्वकीय सचिव सुर्दशन लिम्बुले वडाले सम्पन्न गरेका योजना तथा कार्यक्रमहरुको सुची पठाउन अनुरोध गर्दै वडा कार्यालयहरुमा पत्राचार गरेको बिषयले कार्यपालिका बैठक स्थागीत भएको हो ।
बुधबार बसेको कार्यपालिका बैठकमा एजेण्डामा प्रवेश गर्नुअघि नै वडाअध्यक्षहरुले क्षेत्राधिकार नाघेर स्वकीय सचिवले पत्र पठाएको भन्दै स्वकीय कारबाही गर्न वा माफी माग्न मेयर साम्पाङलाई आग्रह गरेका थिए । उनीहरुले मेयरको स्वकीयले नगर कार्यपालिकाको लेटरप्याड दुरुपयोग गरेको र निवार्चित वडाअध्यक्षहरुलाई क्षेत्राधिकार नाघेर पत्र पठाएको भन्दै आक्रोश पनि पोखेका थिए ।


वैठक शुरु हुन साथ वडा नम्बर १९ का अध्यक्ष पुर्ण लिम्बुले स्वकीय सचिव लिम्बुको पत्रबारे बिषय प्रवेश गराए पछि वडा १७ का अध्यक्ष सुर्यबहादुर भट्टराई (मनोज), वडा १० का अध्यक्ष विवेक राई, वडा १६ का अध्यक्ष मुरारी भट्टराई, वडा १५ का अध्यक्ष नरेश इवारमलगायतले पनि स्वकीय सविचले पत्राचार गर्न नमिल्ने भन्दै वडाअध्यक्षहरुको मानमर्दन भएको भन्दै कारबाहीको माग गरेका थिए । उनीहरुले मेयर, प्रमुख प्रशासकीय अधिकृत वा महाशाखा प्रमुखहरुमार्फत आउनुपर्ने पत्र मेयरको स्वकीयमार्फत आएकोले आफुहरुलाई कुनै पनि हालतमा मान्य नहुने बताएका थिए ।

मेयर साम्पाङले भने प्रमुख प्र्रशासकीय अधिकृत सरुवा भएर नयाँ आइनसकेको अवस्थामा वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडालाई पत्र पठाउन भनेको तर खतिवडाले सचिवालयमार्फत पठाउन सुझाव दिएपछि आफुले नै सचिवलाई पत्र पठाउन निर्देशन दिएको बताए । स्वकीयले आफ्नो निर्देशन पालना गरेको र कसैको पनि मानमर्दन हुने आफ्नो मनसाय नभएको भन्दै मेयर साम्पाङले प्रष्टीकरण दिएका थिए । तर, उनले आफु माफी माग्ने पक्षमा नभएको भन्दै सचिवालयमार्फत पत्र पठाउन सुझाव दिने खतिवडालाई कारबाही गर्ने अभिव्यक्ति दिएका थिए ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button