राजनीतिसमाचारहेडलार्इन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतुत्वमा मन्त्रिपरिषद् पुनगर्ठन एकै पटक १२ जना मन्त्रीले लिए शपथ

[mashshare]

काठमाण्डौं,koshipost.com

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा मन्त्रिपरिषद् पुनगठन भएको छ । मन्त्री गठन सैगै एकै पटक १२ जना मन्त्रीले सपथ लिएका छन् । सरकारमा १६ मन्त्री र एक राज्यमन्त्री गरेर १७ जना मन्त्रीमण्डल बनाईएको हो । सत्ता साझेदार दलभित्रै समझदारी बन्न नसक्दा ६ मन्त्रालय अझै रिक्त रहेका छन् । जसमा कांग्रेसको भागमा परेका ४ मन्त्रालय, जनता समाजवादी पार्टी (जसपा) र जनमत पार्टीबाट एक र एक मन्त्रालय रिक्त भएका छन् । जनमत पार्टीका खानेपानी मन्त्री अब्दुल खानले राजीनामा दिएकाले अन्योल भएको छ ।


नवनियुक्त १२ जना मन्त्रीलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ गराएका छन् । प्रधानमन्त्रीले कांग्रेस, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । कांग्रेसबाट मन्त्री बन्नेहरूमा पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षा, प्रकाशशरण महत अर्थ, रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्ति र सीता गुरुङ सहरी विकास मन्त्री बनेका छन् । त्यस्तै माओवादीबाट शक्ति बस्नेतले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी पाएका छन् । यस्तै एकीकृत समाजवादीबाट वेदुराम भुसाल कृषि तथा पशुपक्षी विकास र प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका छन् ।


जसपाबाट अशोक राई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बनेका छन् । त्यस्तै लोसपाबाट शरतसिंह भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बन्दा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिइएको छ । त्यस्तै नेपाल समाजवादी पार्टीका अध्यक्षसमेत रहेका महिन्द्र राय यादवलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिइएको छ ।


प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारमा अझै ६ मन्त्रालय रिक्त छन् । प्रधानमन्त्री प्रचण्डले तीन महिनामा सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गर्दा समेत ६ मन्त्रालय रिक्त रहेका छन् । सत्ता साझेदार दलमा भएको सहमति बमोजिम चार मन्त्रालय नेपाली कांग्रेस, एक जनता समाजवादी पार्टी ९(जसपा) र एक जनमत पार्टीको भागमा परेको मन्त्रालय हो । जनमत पार्टीको कृषि र उद्योगमध्ये एक मन्त्रालयमा दाबी गरेको थियो । उद्योगमा कांग्रेस नेता रमेश रिजाल र कृषि मन्त्रालयमा एकीकृत समाजवादीका बेदुराम भुसाल मन्त्री भएपछि जनमत पार्टीका खानेपानी मन्त्री अब्दुल खानले राजीनामा दिएका हुन् ।


कांग्रेसका परराष्ट्र, स्वास्थ्य, कानुन र खेलकुद गरेर चार मन्त्रालय हुन । कांग्रेस संस्थापन र इतरपक्षका नेताहरुबीच समझदारी बन्न नसक्दा कांग्रेसको भागमा परेको मन्त्रालय समेत रिक्त हुन पुग्यो । कांग्रेसभित्र आपसी समझदारी भएपछि प्रधानमन्त्रीले शपथ गराउने तयारी गरेका छन् । यस्तै जसपाको भागमा परेको वन तथा वातावरण मन्त्रालय समेत रिक्त हुन पुग्यो । जसपाका ११ जनै सांसद मन्त्री हुन कुद्न थालेपछि शिक्षा मन्त्री अशोक राईले मात्रै शपथ लिएका छन् ।


यस्तै माओवादी केन्द्रका सचिव दीनानाथ शर्माले ६ मन्त्रालय तीन पार्टीबाट पूर्ति हुने बताए । ‘अझै ६ मन्त्रालय रिक्त छन् । जसमा चार कांग्रेस, एक जनमत र एक जसपाको भागमा परेका मन्त्रालय हुन्’ । शर्माले भने, ‘कांग्रेसको भागमा परेको चार मन्त्रालय र जसपाको भागमा परेको एक मन्त्रालय उनीहरुको पार्टीभित्रको झगडाले शपथ हुन सकेन ।’ जनमत पार्टीको चित्त बुझ्दो मन्त्रालय नपाएकाले राजीनामा दिएकाले चित्त प्रशन्न हुनेगरी मन्त्रालय दिएर मनाउनुपर्ने शर्माले बताए । ‘जनमत पार्टीले उद्योग वा कृषि मन्त्रालयमध्ये एक मन्त्रालय मागेको थियो । दुवै मन्त्रालय दिन नसकेपछि जनमतका मन्त्रीले राजीनामा दिए’ शर्माले भने, ‘प्रधानमन्त्री ज्यू जनमत पार्टीकोे चित्त बुझ्नेगरी समेट्ने प्रयासमा हुनुहुन्छ ।’ जनमत पार्टीलाई चित्त बुझ्नेगरी मन्त्रालय दिएर सरकारमा समेटिने दिनानाथ शर्माको भनाई छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button