
धरान,koshipost.com
नेपाल पत्रकार महासंघ सुनसरी र धरान उपमहानगरपालिका बिच अहिले उठिरहेको बिषयमा प्रतिबद्धता जनाउने विषयमा सहमति टुङ्गिन लागेको जानकारी दिएका छन् । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नेपाल पत्रकार महासंघसंग दुवै पक्षले प्रतिबद्धता जनाउने विषयमा सहमतिको कुरा अन्तिम चरणमा पुगेकोे बिहीबार आयोजित ‘दिव्य रोशनी’ पत्रिकाको वार्षिकोत्सव कार्यक्रममा बोल्ने क्रममा मेयर साम्पाङले बताएका हुन् ।

‘पत्रकार महासंघ सँग सहमति सम्झौता गर्ने कुरा भएको छ, केही प्रतिबद्धता आफ्नो तर्फबाट र पत्रकार महासंघको तर्फबाट पनि प्रतिबद्धता हुनुपर्छ म प्रेस स्वतन्त्रताको पक्ष्मा नै छु , धरान उपमहानगरपालिकाका मेयरले बोल्न दिएन भन्दै पत्रकार महासंघ सुनसरीले आन्दोलन गर्नु राम्रो होइन आउनुहोस् सहकार्य र सहमतिमा अघि बढौं । यदि प्रमाण पुग्छ भने मेरो बारेमा समाचार लेख्नुहोस् ।’ मेयर साम्पाङले आफू प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताउदै भने
मेयर साम्पाङले आफू नगरपालिकाको प्रमुख मात्र नभएर व्यक्ति भएको र आफ्नो पनि मन, व्यक्तिगत स्वतन्त्रता भएको पनि बताए । आफू सुशासन र भ्रष्ट्राचार गर्नु हुँदैन आफ्नो एउटा सङ्गठन, गतिलो व्यक्ति र साथी पाटी साथमा नभएको भन्दै १० वर्ष एक्लै कुदेर आएको आफूले पब्लिकको मन जितेर भ्रष्ट्राचार विरुद्ध लाग्छ भनेर जनताले भोट दिएर जिताएर पठाएको उनको तर्क थियो ।
‘सत्य तथ्यमा आधारित पत्रकारिता गर्दै धरानको हकमा जनतालाई सुसूचित गर्न आग्रह छ । धरानमा भएका विकासका कार्य र गलत कार्य औँल्याउने कुरामा कलम अगाडी बढाउनुहोस्, मेयर उपमेयर र वडाअध्यक्षहरुले गरेको गरेको खण्डमा समाचार प्रमाण लेख्नुहोस् धरानको बिकासमा ‘सबै मिलेर अगाडी बढौँ ।’ मेयर साम्पाङले थपे




