अन्तर्राष्ट्रियसमाचारहेडलार्इन

चिनियाँ राष्ट्रपति सीको डिनर मेन्यू यस्तो रहेछ ।

काठमाण्डौ

चिनियाँ राष्टपति सी जिनपिङको डिनरमा प्राय नेपाली परिकार पस्किएको छ । रात्रिकोजको सुरुवाति परिकार (स्टार्टर) का रुपमा बारा, मोमोका साथै लुक्लाको सिमीसँग साँधेको भटमास मेन्यूमा राखिएको थियो ।

चिनियाँ राष्ट्रपतिलाीई कुरिलो र क्वाँटीको रस प्रस्तुत गरिएको छ । त्यस्तै रात्रिभोजको मुख्य परिकारमा पट रोस्ट ल्याम्ब चप(भेडाको पाठाको विशेष परिकार) रहेको छ ।

त्यस्तै मुख्य परिकारकै विकल्पमा क्यान्टोनिज प्यान फ्राइड नुडल्स राखिएको थियो । रात्रिभोजको डेजर्टका रुपमा विभिन्न मिठाईका परिकार सहित गुल्मीको कफी र इलामको चिया पनि राखिएको थियो ।

रात्रिभोजमा चीन र नेपालका राष्ट्रपति तथा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली लगायत विशिष्ट व्यक्तिहरु सहभागी थिए । रात्रिभोजमा सरिक हुनुअघि राष्ट्रपति भवन शीतल निवासमा चिनियाँ राष्ट्रपति सी जिन पिङ र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको थियो ।

राष्ट्रपति सी शनिबार दिउँसो नेपालको राजकीय भ्रमणमा आउनु भएको हो । नेपालको दुईदिने राजकीय भ्रमणमा आउनु भएका चिनियाँ राष्ट्रपति सी जिनपिङको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीले रात्रिभोजको आयोजना गर्नु भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close