धरान / नेपाली कांग्रेस र मारवाडी युवाहरुले हर्षोल्लासका साथ होली पर्व मनाएकाछन् ।नेपाली कांग्रेस र मारवाडी समुदायले छुट्टा छुट्टै होली मनाएकाछन् ।

नेपाली कांग्रेस, क्षेत्र नं. १ सुनसरीले धरानमा आयोजना गरेको होली मिलन तथा शुभकामना आदान–प्रदान कार्यक्रममा मारवाडी सेवा समिति र मारवाडी समुदायका दर्जन बढी संघसंस्थाहरु भेला भई होली मनाएका थिए ।

मारवाडी समुदायको तर्फवाट शुभकामना मन्तव्य राख्दै मारवाडी सेवा समितिका अध्यक्ष पित्रुमल अग्रवालले नेपाली कांग्रेस पार्टीले पहिलोपल्ट हाम्रो सिङ्गो समुदायलाई महान होली पर्वमा निमन्त्रणा गरेर समुदायको सम्मान गरेको बताउंदै खुशी व्यक्त गरे ।

सो अवसरमा नेपाली कांग्रेसका क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री मीनबहादुर विश्वकर्मा, धरानका नगर उपप्रमुख आईन्द्रविक्रम वेघा, नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकत्रृmषि राई र राजनीतिक दलहरुका तर्फवाट जनता समाजवादी पार्टीका धरान नगर अध्यक्ष ताजुव लिम्वुले शुभकामना मन्तव्य राखेका थिए भने होली पर्वसंग सम्बन्धित विभिन्न गीतहरुमा नृत्यहरु समेत प्रस्तुत गरेका थिए ।

सांस्कृतिक विविधतायुक्त देश भएकाले सबै जातजाति, भाषाभाषी, धर्मावलम्वी र संस्कृतिका समुदायले मान्ने हरेक चाडपर्वहरुलाई नेपाली कांग्रेसले सम्मानका साथ मान्दै आएकाले नेपालीहरुको साझा चाडको रुपमा विकास हुंदै आएका छ ।

कार्यक्रममा कांग्रेसका प्रदेश महामन्त्री उमेश थापा, प्रदेश सांसद ममता तामाङ, पूर्व नगर प्रमुख तिलक राई, प्रदेशसभा १(२) सभापति मुरारी भट्टराई, नगर सभापति श्याम पोखरेल, महाधिवेशन प्रतिनिधि चित्रकुमारी राई, वडा अध्यक्षद्धय नरेन्द्रकुमार राई(प्रविन)लगायतको उपस्थिति रहेको थियो ।