जबर्जस्ती करणी गरेको आरोपमा धरानबाट २ जना पक्राऊ परेका छन् । जबर्जस्ती करणी गरेको भन्दै महिलाले शनिबार जाहेरी दिएपछि धरान २ बाट प्रहरीले आरोपित २ जनालाई पक्राऊ गरेको हो । 

पक्राउ पर्नेमा अस्लाम अन्सारी र विकी खान रहेका छन् । पिडित महिलाले उजुरी दिएपछि उनीहरुलाई पक्राऊ गरिएको ईलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरिक्षक (डिएसपी) मानबहादुर राईले जानकारी दिए ।

दुवै जनालाई म्याद थपका लागि जिल्ला गरिएको प्रहरीले जनाएको छ । श्रोतका अनुसार नशालु पदार्थ खुवाएर होटलमा लगी जबर्जस्ती करणी गरेको आरोप उनीहरुलाई लगाईएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।