कृषीसमाचारहेडलार्इन

कृषकले वर्षौ देखि फलफुल उत्पादन गदै, सरकारी अनुसन्धान भने अहिले मात्र

धनकुटा,

सरकारी अनुसन्धान छिटो छरितो नहुँदा कृषकले जोखिम मोलेर फलफुल उत्पादन गर्न बाध्य भएका छन् । कुषकले वर्षौ देखि फलफुल उत्पादन गदै आएता पनि सरकारी अनुसन्धान भने भर्खरै थालिएको छ । अन्य कृषिप्रधान मुलुकमा सरकारी निकायले अनुसन्धान पूरा गरी सिफारिस गरेपछि खेती शुरु गरिन्छ । तर नेपालमा भने अधिकाँश फलफूलको कृषकले आफै उत्पादन गरेर परीक्षण गर्नुपर्ने बाध्यता रहेको कृषकहरु बताउँछन् ।

कृषकले उत्पादन शुरु गरेपछि मात्र त्यसको अनुसन्धान गरिँदा कृषकहरु जोखिम मोल्न बाध्य छन । कृषक आफ्नै मेहेनतले किबी र एभोकाडो लटरम्मै फलाउँदा समेत सरकारी निकायले अनुसन्धान पूरा गर्न सकेको छैन । किबी र एभोकाडो अनुसन्धानको जिम्मा धनकुटाको पाख्रिवास स्थित कृषि अनुसन्धान केन्द्रले पाएको छ ।

अनुसन्धानको जिम्मा पाएका सरकारी निकायले कछुवाको तालमा काम कार्य अघि बढाउदा कृषिमा भविष्य देखेका कृषकहरु खुलेर लगानी गर्न सकेका छैन । विगत पाँच वर्षदेखि यी फलको अनुसन्धान भइरहेको केन्द्रका प्रमुख अमर पुन बताउँछन् । तर अहिलेसम्म यसको खेती उपयुक्त हो वा हैन भन्ने सम्म पनि निक्र्यौल हुन सकेको छैन ।

पूर्वी पहाडी क्षेत्रमा अमिलो जातको फलफूलको खेती शुरु भएको दशकौं बितेको छ । नयाँ जातको बाली उपयुक्त भए नभएको अनुसन्धान गरेपछि मात्र कृषकहरु ढुक्क भएर त्यसको उत्पादन गर्न सक्छन । सरकारी अनुसन्धान र सिफारिस बिना स्थानीय जातका कागती जुनार र सुन्तलाको खेती हुँदै आएको थियो । लामो समय बितेपछि गत वर्ष मात्र धनकुटा स्थित राष्ट्रिय सुन्तला जात अनुसन्धान कार्यक्रम पारीपात्लेले २ सुन्तला र दुई कागती उन्मोचन गर्न सफल भयो ।

सरकारी अनुसन्धान छिटोछरितो र प्रभावकारी नहुँदा कृषकले विभिन्न समस्या भोग्नुपरेको कृषि अभियन्ता जीवन राईको दुखेसो छ । किवी र एभोगाडो लगायतका कैयौं फलफूल कृषकले आम्दानी लिन थालेपछि मात्र अनुसन्धान गरिने परिपाटीले कुषकले सोचे जति आम्दानी लिन सकेको छैन राईले भने । ‘अमिलो जातका अन्य धेरै आगन्तुक जात अनुसन्धानकै क्रममा रहेका छन् । तर कृषकका बारीमा भने फल्न थालिसकेका छन् । सरकारले कृषिबाट समूद्धि नेपालको सपना देखेर भाषण मात्र गरेर हुदैन व्यवहारमा ल्याउनु पर्छ ।’ अभियन्ता राईले गुनासो पोखे

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close