राजनीतिसमाचारस्थानीय

संघीय दलित मुक्ति मञ्चको राष्ट्रिय भेला इटहरीमा

धरान
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको भातृ संगठन संघीय दलित मुक्ति मञ्च नेपालको राष्ट्रिय भेला सुनसरीको ईटहरीमा हुने भएको छ । मञ्चले नेपाल पत्रकार महासंघ सुनसरीको शाखा कार्यालयमा आज विहिबार पत्रकार सम्मेलन गर्दै भेला यही चैत २१ गते ईटहरीमा राष्ट्रिय भेला गर्ने जानकारी दिएको हो । पहिचानको आधारमा गैर भौगोलिक दलित प्रान्तसहितको १० जोड १ प्रान्त स्थापना गर्न एकजुट होऔ भन्ने मुल नाराको साथ भेला गरिने मन्चका केन्द्रीय अध्यक्ष रमेश गजमेरले जानकारी दिए ।


मञ्चले संघीयता, गणतन्त्र, लोकतन्त्र धर्मनिरपेक्षताको जगमा उभिएर सबै जातीय समुदायको मुक्ति र सहअस्तित्वको लागि शान्तिपुर्ण एवं लोकतान्त्रिक तरिकाले राजनैतिक, सामाजिक गतिविधि गरिरहेको गजमेरले बताए । नेपालका १३÷८ प्रतिशत जनसंख्या सदियौ देखि अपहेलित विभेदको मारमा पर्दै आएको भन्दै अध्यक्ष गजमेरले मञ्च चुप लागेर नबस्ने बताए । लकडाउनको समयमा पनि थुप्रै दलित समुदायको हत्या भएको भन्दै उनले एक जुट भएर दलितहरुमाथि गरिने हिंसा र विभेदको अन्त्यको लागि सशक्त आवाज उठाउन राष्ट्रिय भेला गर्न लागिएको गजमेरले बताए ।


राष्ट्रिय भेलालाई संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च नेपालमा अध्यक्ष कुमार लिङदेन, महासचिव सर्मिला बगचादलगायत केन्द्रीय नेताहरुले सम्बोधन गर्ने मञ्चले जनाएको छ । राष्ट्रिय भेलाको लागि आर्थिक समिति संयोजकमा बिक्रम बराईली, व्यवस्थापन समिति संयोजक नैना कुमार बिश्वकर्मा, प्रचार प्रसार संयोजक भुपेन्द्र सुनदर लावती र जन परिचालन समिति संयोजक अमर ईजम लिम्बु रहेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close