धरान/नेकपा माओवादी पार्टीले सञ्चालन गरेको ६२ औं हप्ता सरसफाई अभियान कार्यक्रम सम्पन्न भएको छ । धरान १९ नम्बर वडा कमिटिले विगत ६२ औं हप्ता अघि देखि आफ्नो वडामा सरसफाई कार्यक्रम शुुरु गरेको थियो । नेकपा माओवादी केन्द्र धरान उप(महानगरपालिका १९ नम्बर वडा कमिटीको अगुवाईमा जारी ६२ औ हप्ताको सरसफाई अभियान मङ्गलबार सम्पन्न गरेको छ । गत साल भदौबाट पार्टीको “जनता सङ्ग माओवादी बिशेष रुपान्तरण अभियान”कार्यक्रम अन्तर्गत ३ महिने अभियान शुुरु भएता पनि १९ नम्बर वडा कमिटिले अझैसम्म अभियानलाई जारी राखेको १ नम्बर प्रदेस कमिटी सदस्य सन्तोष लिम्बुले जानकारी दिए ।
वडा कमिटिले शुुरुवात देखि नै वडाका बिभिन्न स्थानमा प्रत्येक शनिबार लगातार रुपमा सरसफाइ गर्ने काम गर्दै आएको थियो । आगामी शनिबारे तिहार परेको हुनाले आज मङ्गलबार नै सरसफाइ अभियान गरिएको १९ नम्बर वडा कमिटीका अध्यक्ष सन्त तेम्बेले बताए । माओवादी पार्टीका वडा कमिटिीले राम्रो काम गरेको भन्दै १९ नम्बर वडावासीहरुले खाजा पानी र झाडु सहयोग गरेको अध्यक्ष तेम्बेले कोशीपोष्ट संगको कुराकानीमा सुनाए ।
पार्टीका नेता तथा कार्यकर्ताहरुले हातमा झाडु, गैति, हसिया लिएर धनकुटे रोड अन्तर्गत किरात चोकदेखि यलुङ चोकसम्म बाटोको छेउछाउ र नाली सरसफाई गरे । अभियानको शुरुवात देखि नै वडाबासिहरुले खाजा, पानी, सरसफाईको लागि आवश्यक पर्ने सामाग्रीहरु दिएर सहयोग गदै आएको अध्यक्ष तेम्बेले कोशीपोष्ट संगको कुराकानीमा सुनाए । ‘वडाबासिहरु हाम्रो कामप्रति सकारात्मक हुनुहुन्छ र सपोर्ट पनि गर्दै आउनु भएको छ, राम्रो काम गर्दा जनताले सहयोग गर्नुहुन्छ त्यसैले यो अभियान ६२ औ हप्तासम्म हामीले सफलता साथ सम्पन्न गरेका छौं’ । अध्यक्ष तेम्बेले भने