सङ्खुवासभा /  सङ्खुवासभा जिल्लाको चैनपुर नगरपालिका–८ मा मोटरसाइकल र लहरी ट्रक एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुई जना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार दुर्घटनापछि घाइतेहरूको तत्काल उद्धार गरी उपचारका लागि अस्पताल लगिएको छ । घाइतेमध्ये मोटरसाइकलको पछाडि सवार यात्रुको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि धरानस्थित बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरिएको प्रहरीले जनाएको छ ।

1, pankoj jama

लहरी ट्रक चालकका अनुसार मोटरसाइकल गलत साइडबाट आएका कारण दुर्घटना भएको दाबी गरिएको छन् । यद्यपि दुर्घटनाको वास्तविक कारण खुल्न बाँकी रहेको र घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । दुर्घटनामा संलग्न दुवै सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घाइतेहरूको थप अवस्था तथा घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।