धरान / धरान –११ स्थित लिवर्टी रेसिडेन्सियल स्कुलको १८ औं अभिभावक दिवस सम्पन्न गरेको छ । मंगलबार स्कुल प्राङ्गणमा आयोजित १८ औ अभिभावक दिवसको अवसरमा आफ्नो ८ जना पूूर्व विद्यार्थीहरुलाई सम्मान गरेको हो । सम्मानित हुनेहरुमा क्रिष्टिना राई एमबिबिएस, सावित्रि झा एयर होस्टेज, अमिशा मास्के सिएसआइटी, मोनिका प्रधान विएस्सी नर्सिङ, मेरिलुङ लिम्बू एमटेक अध्ययनरत हात्तिसार, सुमन लिम्बू इलेक्ट्रोनिक्स इन्जिनियर क्यानडा, मौसमी कार्की सञ्चारकर्मी, अन्जना हुक्पाचोङवाङ विएस्सी नर्सिङ अमेरिका रहेका अभिभावक आदिलाई सम्मान गरिएको थियो ।
पूर्व विद्यार्थीहरुलाई कोशी प्रदेशका सांसद कार्यक्रमका प्रमुख अतिथि विजयकुमार राई, स्कुलका निर्देशक तेजमान लिम्बू, प्रिन्सिपल भगत लिम्बूले सम्मान पत्रले सम्मान गरेका थिए । निर्देशक लिम्बूले विद्यार्थीहरुमा प्रोत्साहन होस्् भनेर नयाँ थालनी गर्दै सम्मान गरिएको बताउँदै आगामी दिनहरुमा पनि अन्य विद्यार्थीहरुलाई सम्मान र प्रोत्साहन गर्दै जाने बताए । शिक्षा क्षेत्रमा लिवर्टी स्कुलले पुरयाएको योगदानको चर्चा गर्दै स्कुलले अतिरिक्त क्रियाकलाप साथै गुणस्तरीय शिक्षा प्रदान गर्न लागी परेको निर्देशक लिम्बूले बताए ।
अभिभावकलाई मनोरञ्जन प्रदान गर्न र विद्यार्थीहरुका प्रतिभा बाहिर ल्याउन यस्तो कार्यक्रमको आयोजना गरिएको प्रिन्सिपल लिम्बूले जानकाारी दिए कार्यक्रममा विद्यार्थीले आकर्षक नृत्य , गीत साथै साथीभाई र गलत छिमेकीको कुरा सुुन्दा घर विग्रिन्छ र असल छोराछोरी विद्यार्थी भएमा जोगाउन सकिन्छ भन्ने नाटक समेत प्रदर्शन गरेर अभिभावकलाई भरपुर मनोरञ्जन दिने प्रयास गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गदै प्रमुख अतिथि सांसद राईले शिक्षा क्षेत्रमा लिवर्टीको योगदान रहेको बताए । अहिले नेपालमा केही छैन भन्ने भाष्य सिर्जना भइरहेको भन्दै मनोबल गिराउने केही तत्व लागेको दुःख समेत व्यक्त गरे । कार्यक्रममा प्याब्सन धरानका अध्यक्ष दीपक घिमिरे हिविस्कस बोर्डिङ स्कुलका निर्देशक गंगाराम राई, देउराली चिल्ड्रेन एकेडेमीका निर्देशक पृथ्वी राईका मगर विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु लगायत विद्यार्थी र अभिभावकहरुको बाक्लो उपस्थिति रहेको थियो । स्कुलका प्रिन्सिपल भगत लिम्बूको अध्यक्षतामा भएको कार्यक्रम स्कूुलकी शिक्षिका देविका मगरले सञ्चालन गरेकी थिइन् ।