धरान/नेकपा माओवादी पार्टी धरान नगर अध्यक्षमा उद्धव लिम्बु सर्वसम्मत चयन भएको छ । माओवादी पार्टीको सोमवार सम्पन्न धरान उपमहानगर अधिवेशनले नगर अध्यक्षमा उद्धव लिम्बुलाई चयन गरेको हो । नगर अधिवेशन ३ दिन अघि शुरु भएको थियो । अधिवेशनले ६८ सदस्यीय नगर कार्यसमिति सर्वसम्मत चयन गरे पनि अध्यक्ष पदमा सहमति जुटेको थिएन । आज सोमबार केन्द्रीय, प्रदेश नेताको पहलमा लिम्बुलाई सर्वसम्मत अध्यक्ष चयन गरिएको छ ।

kismas Subhakamna 2025

लिम्बुको अध्यक्षतामा ६९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएका छ । वरिष्ठ उपाध्यक्ष सिपी बजगाईँ भएका छन् । उपाध्यक्षहरू सुवास खवास, शेष कुमारी घिमिरे, सञ्जुहाङ साँवा बनेका छन् । सचिव भूपाल चाम्लिङ राई, सहसचिव सुमन गहतराज, कोषाध्यक्ष मिक्मा भोटे चयन भए । सदस्यहरू सम्फर तामाङ, जीवन राई, मङ्गल सिंह लिम्बु, चन्द्र कुलुङ्ग, आकाश लिम्बु, गेल्वु शेर्पा, बुद्रोस लिम्बु, केशव रिजाल, उद्धव राई, राम खाती, तिलक पौडेल, बम बहादुर तामाङ, देव राई, मो।ईस्तयाज मुस्लिम रहेका छन् ।

301237839-775165910202031-1577179248258595507-n

यस्तै,डम्बर कुमारी देवान, मिना कुमारी राई, बन्दना राई, कृपा राई, कमला बस्नेत, लक्ष्मी रहपाल, विशाल राई, रविन श्रेष्ठ, ऋतुवर्ण राई, दीपक घिसिङ, छोजुङ शेर्पा, शारदा मास्के, तारा राई, राधिका गजमेर लगायत सदस्य छन् । अधिवेशन माओवादी प्रदेश सह इन्चार्ज सावित्री काफले समरको प्रमुख आतिथ्यमा भएको थियो । केन्द्रीय सदस्यद्वय मुक्साहाङ मेन्याङवो,उमिता बराइली, प्रदेश उपाध्यक्ष शिव डाँगी, प्रदेश सचिवालय सदस्य, धरानका उपमेयर अईन्द्रविक्रम बेघा थिए ।

पार्टीका ज्येष्ठ सदस्य धनबहादुर तामाङले अध्यक्षता कार्यक्रम भएको थियो निर्वाचन समिति संयोजक अधिवक्ता दर्शन राई, अधिवक्ता बलराम राई, मीना तामाङ सहित १३ सदस्य रहेका थिए ।