धरान/ धरान प्लस टु अरेटरी च्यालेन्जूको मंगलबार सम्पन्न पहिलो अडिसनबाट १७ जना प्रतिष्पर्र्धीहरु सेमी फाईनलका लागि छनोट भएका छन् । (याडिकल लाईट नेपाल प्रा.लि. ले आयोजना गरेको अडिसनबाट १७ जना सेमी फाईनलमा पवेश गरेका हुन । सेमि फाईनलमा प्रबेश गर्नेहरुमा शिक्षा निकेतन मा.बि.का पुजा लम्साल र लाक्पा तामाङ, पब्लिक हाई स्कुलका आयुष कटवाल र चन्द्रकला राई, सियोन स्कुलका सोनिया नेपाली, शारदा बालिका नमुना मा.बि.का सृष्टि लुईटेल रहेका छन ।
यसैगरी धरान आदर्श बोर्डिङ मा.बि.का राज कट्टेल र आकृति शंकर, शिक्षा सन्देस सेकेण्डरी बोर्डिङका देबका कार्की, पब्लिक मा.बि.फुस्रेका खुश्बु शर्मा र बाल कुमार राई,डिपोट सेकेन्डरी स्कुलका यसन राई र अनिशा श्रेष्ठ सेमिफाइनलमा प्रबेश गरेका छन । अन्य सेमिफाइनलमा प्रबेश गर्नेहरुमा धरान(मेघा हिमालयनका क्याथ्रीन योन्जन,किरातेश्वर मा.बि.का दिपिशा राई, एम्स एकेडेमीका अदिति झा र धरान मा।बि।का स्मृति लिम्बु रहेका छन।सहभागिहरुले ूबढ्दो भ्रष्टाचारले देश बिकासमा पार्ने असरू शिर्षकमा बोलेका थिए।बिद्यार्थीहरुको आत्माबिश्वासमा अभिबृद्धि गरी ब्यक्तित्व र नेतृत्व बिकास गर्ने उद्येश्यले प्रतियोगिताको आयोजना गरिएको प्रा.लि.का अध्यक्ष तिर्थ कार्कीले बताए ।
प्रतियोगिताको निर्णायकहरुमा महेन्द्र बहुमुखी क्याम्पसका उप(प्राध्यापक राजेश बिद्रोही र सहिद स्मृति म।बि।का शिक्षक टंक भट्टराई थिए।धरान उप(महानगरव्यापी अरेटरी च्यालेन्जमा धरानका बिभिन्न बिद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत २३ जना बिद्यार्थीहरुको सहभागिता थियो । कार्यक्रममा सहिद स्मृति मा.बि.का प्रधानाध्यापक राम बहादुर बिष्ट र रोटरी क्लब अफ धरान घोपाका अध्यक्ष गौरबमान श्रेष्ठ संचारकर्मी दिल बहादुर राई को उपस्तिथि रहेको थियो । अडिसन कार्यक्रम धरान(८ स्थित सहिद स्मृति मा.बि.को सभाहलमा सञ्चालन गरिएको थियो । कार्यक्रम सन्चालन आहाना प्रधानले सञ्चालन गरेकी थिइन्।
