धरान/नेपाली कांग्रेसले थारु समुदायको माघी पर्व र मगर समुदायको मिनाम सार ल्हेस पर्वको अवसरमा सांस्कृतिक कार्यक्रम तथा शुभकामना आदान–प्रदान र चियापान कार्यक्रम आयोजना गरेको छ । नेपाली कांग्रेस, प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति, क्षेत्र नं. १, सुनसरीका सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा बराहक्षेत्र नगरपालिकाको ४ नं. वडा स्थित तल्लो जमटोकीमा कार्यक्रम भएको हो । 

2 1

कांग्रेसको क्षेत्र नं. १, सुनसरीले गत वर्षदेखि दशैं, तिहार, छठ, नेपाल सम्वत् र तीजमा जस्तै विभिन्न आदिवासी जनजाति, मधेशी, मुस्लिम लगायतका समुदाय र धर्मवलम्वीह?को चाडपर्व र उत्सवह?मा पनि शुभकामना आदान–प्रदान, चियापान र सांस्कृतिक कार्यक्रम लगायत विविध गतिविधिह? गरेर मनाउन थालेको छ ।

301237839-775165910202031-1577179248258595507-n (1)

नेपाल बहुभाषिक, वहुधार्मिक र बहुसांस्कृतिक देश भएको तथा देश झैं दलपनि जनताको साझा नै हुने हुंदा हरेक नेपाली समुदायको मौलिक एवम् परम्परागत चाड, पर्व, उत्सव, धर्म, संस्कार र संस्कृतिको जगेर्ना गर्ने तथा मनाउने र यसका माध्यमवाट समाजमा भाइचारा, एकता, सद्भाव र सहिष्णुता वृद्धि गर्ने मुख्य दायित्व राजनीतिक दलको पनि उत्तिकै भएको भन्दै यसैका निम्ति विविध कार्यक्रम गरी सबैको चाडपर्व मनाइएको क्षेत्रीय सभाति सुजेन्द्र तामाङले बताए । 

3 4

कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका कोशी प्रदेश महामन्त्री उमेश थापाले जातजाति, भाषाभाषी र धर्मवलम्वीह?को विभिन्न चाडह?लाई मनाउने कार्य शुरु गरेर क्षेत्रीय समितिले प्रशंसनीय कार्य गरेको बताए । उनले अहिले कांग्रेस र एमालेको गठबन्धन सरकार भएकाले आगामी बजेटमा विकास निर्माणका योजनाह? के कस्ता छन् प्रकृयागत ?पमा पेश गर्न सुचित गर्दै क्षेत्र नं. १ सुनसरीलाई उच्च प्राथमिकतामा राखेर आफुले पहल गर्ने प्रतिवद्धता जनाए । 

विशिष्ट अतिथि नेपाली कांग्रेसका जिल्ला सभापति एवम् ईन?वा नगर प्रमुख केदार भण्डारीले कांग्रेसको १ नं. क्षेत्रीय कार्यसमितिले महामानव वी.पी. कोइरालाले भने बमोजिम जनता र समुदायको मन छुने कार्य गरेको बताए । 

 4 1