धरान/सुुुनसरीको धरानमा केही महिना अघि सम्पन्न भएको राष्ट्रिय व्याडमिन्टन प्रतियोगिताको आय ब्याय सार्वजनिक गरिएको छ । पत्रकार सम्मेलन गरी आय÷ ब्याय सार्वजनिक गरिएको हो ।  आय÷ ब्या सावजनिक गदै सस्था मु्नाफामा रहेको आयोजकले जनाएको छ । आयोजक धरान व्याडमिन्टन क्लवले वुधवार धरानमा पत्रकार सम्मेलनगरी सो विषयमा जानकारी गराएको हो ।

आयोजकले दिएको जानकारी अनुसार प्रतियोगिताबाट आयोजकलाई १ लाख भन्दा वढी नाफा भएको छ । प्रतियोगितामा विभिन्न शीर्षकबाट २२ लाख ९५ हजार ७ सय ८२ रुपैयामा आम्दानी भएको छ भने २१ लाख १९ हजार ५०५ रुपैया खर्च भएको कोषाध्यक्ष कविता राईले आयव्याय प्रस्तुत गरेकी थिइन । कोषाध्यक्ष राईले प्रतियोगितामा १ लाख ७६ हजार २ सय ७८ रुपैया मौज्याद रहेको जानकारी दिइन् । कार्यक्रममा बोल्दै क्लवका उपाध्यक्ष तेज मेन्याङ्वोले प्रतियोगितालाई निरन्तरता दिदै जाने पत्रकार सम्मेलनमा जानकारी गराए । 

301237839-775165910202031-1577179248258595507-n (1)

धरान खेलकुदको शहर उपनामले चिनिने गरेकोले पनि यहा आयोजना हुने खेलकुद प्रतियोगिताहरुले सफलता पाउने क्लवका अध्यक्ष टंक लिम्वुले वताए । आगामी दिनमा पनि प्रतियोगितालाई निरन्तरता दिदै थप व्यवस्थित गर्दै लगिने अध्यक्ष लिम्वुले बताए । क्लबका सहसचिब अर्जुन मेन्याङ्वोले कार्यक्रम संचालन गरेका दिए ।