विराटनगर /   कोशी प्रदेश न्याय, प्रशासन तथा विधेयक समितिले आम संचार सम्बन्धीको विधेयक ल्याउन लागेको छ । बिहिबार कोशी प्रदेश सासद सचिवालय सभाहल विराटनगरमा आमसंचार समिति संयोजक कमला दर्नालको संयोजत्वमा पत्रकारहरु र सरोकारवालाहरुको राय सुुझाब संकलन गरिएको थियो । विधेयका बारेमा प्रदेशका चौंध जिल्लामा रहेका पत्रकारका संगठनहरु संगै सम्बन्धीत सरोकारवालहरुसंग छलफल गरेर मात्र विधेयक ल्याउने माग गरेपछि विधेयक समितिले छलफल र सुुझाबका लागि पत्रकार र सम्बन्धीत सरोकारवालाहरुलाई ढाकेर राय, सुुझाब रेकर्ड गरिएको र सो रेकर्डलाई सांसद सभामा प्रस्तुुत् गरिने समिति सभापति प्रदेश सभा सदस्य कमला दर्नालले बताईन् ।

प्रदेश सासद सचिवालय सभाहल विराटनगरमा विहिबार सचार संगठनहरुसंग दफावार फलफल सरोकारवलाहरुसंग राय सुझाव संकलन गरेका छन् । मुख्य गरी सबै पत्रकार वा संचारको प्रतिनिधत्य गदै विष्तृत रुपामा नेपाल पत्रकार महासंघ प्रदेश अध्यक्ष भरत खड्काले बताए  । अध्यक्ष खड्काले कानुन बनाउदा पत्रकार वा संचारमा अंकुस लगाउने गरी आउन लागेको हो भने हामि अहिलेनै खेद प्रकट गर्दछौ भने ।

छलफलमा प्रेस युनियन प्रदेस अध्यक्ष मिन ुकुमार नमोदित, पे्रस चौतारी नेपाल प्रदेस अध्यक्ष सुमन पुरी, प्रेस सेन्टर नेपाल प्रदेस अध्यक्ष राजन समिप राई, समाजवादी प्रेस संगठन प्रदेस अध्यक्ष बन्दु पोख्रेल, प्रेस मञ्च नेपाल प्रदेस अध्यक्षले कानुन माथि राय राखेका थिए । त्यसैगरी नेपाल आदिवासी जनजाती पत्रकार महासंघ फोनिज प्रदेस अध्यक्ष बिजयबोध लावती, संचारीका समुह प्रदेस महासचिव बिनु तिम्सीना, दलित पत्रकार मञ्च, सामुदायिक रेडियो प्रसारक सघ, ब्यवसायिक रेडियो प्रसारक सघ र संसदिय पत्रकार मञ्चले आम संचार विधेयकमाथि दफावर राय पेस गरेको थिए । 

पत्रकार वा सचार संस्थाले खवरदारी मात्र गर्दैनन्, देस र समाजका रक्षक पनि हुन भनेर भुल्नै नहुने गरी आम संचार विधेयक आउनुपर्ने माग गरेका थिए । आम संचार विधेयक समितिले न्यायोचित कानुन बनाउन पत्रकारहरुको रायसुझाव अनुसार ल्याउने प्रयास भइरहेको समिति सदस्यहरुले बताएका छन् । विधेयकमा प्रदेश सभासदस्यहरुले पनि फरक मत जाहेर गर्ने सासदहरु धेरै रहेकोले निष्कर्षमा पुग्न समय लाग्ने बताइएको छ।