धनगढी / आँगनमा खेलीरहेका एक बालकोे चितुुवाको आक्रमणमा परी मुत्युु भएको छ । बाजुराको खप्तड छेडेदह गाउँपालिका–३ धुर्तोलामा चितुवाको आक्रमणबाट ८ वर्षीय बालकको मृत्यु भएको हो । आइतबार साँझ चितुवाको आक्रमणबाट परी ८ वर्षीय विजय रावतको ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवबहादुर चौधरीका अनुसार विजय रावत घर नजिकै आँगनमा खेलिरहेको समयमा चितुवाले अचानक आक्रमण गरेको थियो। घटनास्थलमै बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल बाजुरा ल्याइएको छ। घटना पश्चात् स्थानीयमा त्रास फैलिएको छ। प्रहरी तथा वन विभागको टोली घटनास्थलमा पुगेर अनुसन्धान भईरहेको जानकारी दिएको छ ।