धरान/ प्रेस सेन्टर नेपाल, सुनसरीले जनपक्षीय पत्रकारिताका सशक्त योद्धाका रूपमा चिनिएका शहीद पत्रकार कृष्णसेन इच्छुकको १३ औं स्मृति दिवसका अवसरमा मंगलबार एक अन्तरसंवाद कार्यक्रम सम्पन्न गरेको छ । धरान–३, सदन रोडस्थित प्रेस सेन्टरको कार्यालयमा आयोजित कार्यक्रममा कृष्णसेन इच्छुक र जनपक्षीय पत्रकारिताू विषयमा विचार विमर्श गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथि माओवादी केन्द्रका नेता तथा पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले पत्रकार इच्छुकको योगदानको स्मरण गर्दै जनताको पक्षमा कलम चलाउने पत्रकारलाई प्रेरणाको स्रोतका रूपमा वर्णन गरे। उनले अर्को प्रसङ्गमा गृहमन्त्रीकै संरक्षणमा मानव तस्करी भएको आरोप लगाउँदै गृहमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने धारणा व्यक्त गरे ।

301237839-775165910202031-1577179248258595507-n-1

कार्यक्रममा पत्रकार हर्ष सुब्बा, नेपाल पत्रकार महासंघका पूर्व सभापति केशब घिमिरे, प्रेस सेन्टरका पूर्व केन्द्रीय उपमहासचिव राजन के।डी। लगायतका वक्ताहरूले इच्छुकको जीवन, योगदान र बलिदानीबारे चर्चा गरे । कार्यक्रमका प्रमुख अतिथि, अतिथि तथा सहभागीहरूले कृष्णसेन इच्छुकको तस्वीरमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ, सुनसरीका निवर्तमान अध्यक्ष जनकरिषि राई, प्रेस सेन्टरका पुर्ब केन्द्रीय सदस्यद्वय श्रीसिसा राई र अर्जुन शर्मा, वाईसीएल धरानका अध्यक्ष दीपक घिसिङ, धरान–३ का वडा सदस्य मिङमा भोटे, माओवादी केन्द्र धरानका निवर्तमान उपाध्यक्ष सर्बजित राई लगायतको सभागीता थियोे ।

प्रेस सेन्टर, सुनसरीका अध्यक्ष तिर्थ कार्कीकोे अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न मिडिया हाउसका संचारकर्मीहरुको समेत उपस्थिति रहेको थियो ।  कार्यक्रम जिल्ला समितिका सचिव विनोद विश्वकर्माले संचालन गरेका थिए । 

4


3