विराटनगर / कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२र२०८३ का लागि ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर राना मगरले आज बसेको प्रदेश सभाको बैठकमा आगामी आर्थिक वर्षको आय व्यय बजेट सार्वजनिक गरेको होे ।
कुल विनियोजन बजेटमध्ये चालुतर्फ १८ अर्ब ६७ करोड ३३ लाख अर्थात् ५२ प्रतिशत, पुँजीगततर्फ १७ अर्ब १० करोड ६५ लाख अर्थात् ४७ दशमलव ७ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ रु १० करोड अर्थात् ०।३ प्रतिशत रहेको छ । यो अनुमान चालु आर्थिक वर्षको विनियोजनको तुलनामा १।७ प्रतिशतले बढी र संशोधित अनुमानको तुलनामा १२ प्रतिशतले बढी रहेको छ । बजेटले कोशी प्रदेशको पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, खानेपानी, उद्योग तथा ऊर्जा उत्पादनको लगायत क्षेत्रको विकासलाई प्राथामिकता दिएको छ ।