म क्रान्तिकारी झोले
धोती भनी दबाईएका मधेसीलाई जगाउने,
पाखे भनी हेपीएका पहाडेलाई उभार्ने।
म एक क्रान्तीकारी झोले ।।।
ढाक्रे बनी बसेका हिमालीलाई सजाउने,
गोठालो भइ सुतेका तराईलाई ब्यूझाउने।
म एक क्रान्तीकारी झोले ।।।
अछुत भनी दलिएका दलितलाई उठाउने,
कमजोर भनी पेलिएका महिलालाई जुर्मुर्याउने १
म एक क्रान्तिकारी झोले ।।।
सुदुर भनी टाढिएका उत्पीडितलाई सुझाउने,
प्रजा बनाई सोंसिएका जनजनलाई बुझाउने १
म एक क्रान्तिकारी झोले ।।।
