काठमाडौँ / मेयर हर्क साम्पाङको दल दर्ता प्रक्रिया अघि बढेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राई नेतृत्वको ‘श्रम संस्कृति पार्टी’ दर्ता प्रक्रिया एक कदम अगाडि बढेको बताएको हो । आइतबार आयोग पुगेर साम्पाङले दल दर्ताको प्रक्रिया पूरा गरेका गरेका थिए । बाँकी प्रक्रिया सम्बन्धित शाखाबाट रुजु गर्ने काम बाँकी नै रहेकाले आयोगको बैठक बसरे निर्णय लिने प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिए । 

‘उहाँ आएर हस्ताक्षर गर्नुभएको छ, दल दर्ताका लागि एक स्टेप आगडि बढेको छ । सम्बन्धित शाखाबाट बाँकीको प्रक्रिया अगाडि बढिरहेको हुनाले प्रमाणपत्र दिइएको छैन,’ भट्टराईले भने, ‘सबै प्रक्रिया पूरा भएपछि आयोगको बैठक बसेर निर्णय गर्छ । त्यसपछि दल दर्ताको प्रमाणपत्र दिइन्छ । दल दर्ताका लागि पाँच सय जनाको हस्ताक्षर हुनुपर्छ ।’

301237839-775165910202031-1577179248258595507-n-1

साम्पाङले गत असोजमा दल दर्ताका लागि निवेदन दिएका थिए । ‘माटो’ चुनाव चिह्नका साथ आगामी निर्वाचनमा होमिने उनले बताएका छन् । दल दर्ताका लागि कम्तीमा पाँच सयको हस्ताक्षर चाहिने प्रवक्ता भट्टराईले बताए  ।