धरान / लिगामेन्ट रेसिडेन्सियल स्कुल धरान–१६ ले आयोजना गरेको डि.एल.आर.एस. ट्यालेन्ट हन्ट–२०८२ सम्पन्न भएको छ । स्कलको प्राङ्गाणमा शनिबार फाइनल प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा मेलोडी सिनियरतर्फ कक्षा ६ कि नुमा लिम्वु प्रथम वनेकी थिइन भने कक्षा ८ का याङछाहाङ राई दोस्रो वनेका थिए । प्रतियोगितामा कक्षा ९ का सन्जोग लिम्वुखिम तेस्रो भएका थिए ।

त्यसैगरी मेलोडी जुनियरतर्फ कक्षा ३ की विप्लन घिमिरे प्रथम वनेकी थिइन भने कक्षा ४ कि साइवोङ लिम्वू दोस्रो वनेकी थिइन । प्रतियोगितामा कक्षा २ का सेजल राई तेस्रो वनेका थिए । मोसन सिनियरतर्फ कक्षा ८ का याङक्षा राई प्रथम वनेकाछन् भने कक्षा ७ की अदिति प्रधान दोस्रो र कक्षा ७ की सिसिलुङ्मा लिम्वू तेस्रो वनेकी थिइन । यता मोसन जुनियरतर्फ कक्षा २ की लिलिमहाङमा सुव्वा प्रथम वनेकी थिइन भने कक्षा ४ की शुभश्री निरौला दोस्रो वनेकी थिइन भने कक्षा ३ की जयरा पोर्तेल तेस्रो वनेकी थिइन ।

नृत्य र गायनतर्फ आयोजना गरीएको सो प्रतियोगितालाई निष्पक्षा वनाउनका लागि स्कुल भन्दा वाहिरका निर्णायक ल्याएको स्कुलका प्रिन्सिपल तेजमान लिम्वूले वताउनु भयो । सिनियर समूहमा कक्षा ६देखि १० र जुनियर समूहमा कक्षा १ देखि ५ का विद्यार्थी सहभागी भएका थिए । पुरस्कारतर्फ दुबै समूहका प्रथम, द्वितीय र तृतीय हुने प्रतिभाहरूलाई क्रमशः नगद २हजार ५ सय, १हजार ५ सय र १ हजार, साथमा ट्रफी तथा प्रमाण–पत्र प्राप्त गरेका थिए ।

विद्यालयका निर्देशक दुर्गा सुवेदीले प्रतियोगिताको उद्देश्य कला–संस्कृतिको जगेर्ना, विद्यार्थीको आत्मविश्वास अभिवृद्धि तथा लुकेका प्रतिभा उजागर गर्नु रहेको बताउनु भयो । विजेताहरुलाई कार्यक्रममा प्रमुख अतिथि धरान–१६ का वडाध्यक्ष मुरारी भट्टराईले पुरस्कार वितरण गरेका थिए ।

301237839-775165910202031-1577179248258595507-n-1