काठमाडौं / प्रेस काउन्सिल नेपालले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को अवधिमा निष्पक्ष, सन्तुलित र जिम्मेवार पत्रकारिता गर्न आमसञ्चार माध्यम र पत्रकारहरूलाई आग्रह गरेको छ । काउन्सिलले जारी गरेको विज्ञप्तिमा केही सञ्चार माध्यमले ‘चुनावी विश्लेषण’, ‘विशेष रिपोर्ट’ वा ‘सर्वेक्षण’को नाममा उम्मेदवारको जित–हारको अनुमान सार्वजनिक गरिरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ‘फलानो उम्मेदवार अगाडि’, ‘लहर चलेको’, ‘डेन्जर जोनमा’ जस्ता सामग्रीले मतदातालाई दिग्भ्रमित पार्ने र निर्वाचन प्रभावित हुन सक्ने काउन्सिलको भनाइ छ ।

34

प्रेस काउन्सिलले निर्वाचन अवधिमा पत्रकार आचारसंहिता र निर्वाचन आचारसंहिता पालना भए(नभएको विषयमा विशेष अनुगमन भइरहेको जनाएको छ । मतदाताको गोपनीयता भंग हुने, स्रोत असुरक्षित हुने वा कसैको सुरक्षामा असर पर्ने सामग्री प्रकाशन(प्रसारण नगर्न पनि काउन्सिलले सचेत गराएको छ । विज्ञप्तिमा नेपालको संविधान, निर्वाचन आयोग ऐन २०७३ तथा प्रेस काउन्सिल ऐन २०४८ अनुसार सञ्चार माध्यमले आचारसंहिता पालना गर्नु अनिवार्य रहेको उल्लेख गरिएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयमुक्त बनाउन सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण हुने भन्दै जिम्मेवार ढंगले समाचार सम्प्रेषण गर्न आग्रह गरिएको छ ।

उक्त विज्ञप्तिमा प्रेस काउन्सिल नेपालका सहप्रशासकीय अधिकृत तथा सह(प्रवक्तारसूचना अधिकारी रामशरण बोहराले हस्ताक्षर गर्दै सबै सञ्चार माध्यम, पत्रकार तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई मतदाताको स्वतन्त्र निर्णय गर्ने अधिकारको सम्मान गर्न र निर्वाचनलाई असर पार्ने खालका सामग्री प्रकाशन नगर्न अनुरोध गरेका छन् ।