इलाम /नेकपा एमालेको विजय जुलुस मनाएर फर्केको जिप दुघट्ना  भएको छ ।  इलाम बजारमा नेकपा एमालेको विजय सभामा सहभागी भएर फर्किंदै गरेको पिकअप गाडी दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । को २ च ४४७ नम्बरको पिकअप गाडी इलाम नगरपालिका ५, बिब्लायाँँटे बजार नजिक दुर्घटनामा परेको हो ।

301145445_611959760539094_8650397903260629322_n

दुर्घटनामा परी १९ जना घाइते मध्येका गम्भीर घाइते ३ जनालाई उपचारको लागि झापा अस्पताल रेफर गरिएको छ । सामान्य घाइतेको इलाम अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । गाडी चालक इलाम नगरपालिका ५ का ३१ वर्षे राजन खत्रीलाई नियन्त्रणमा लिएर सोधपुछ अघि बढाईएको प्रहरी नायव उपरिक्षक (डीएसपी)प्रकाश जबेगूले जानकारी दिए ।