नेकपा एमाले धरान उपमहानगरपालिका कमिटिीको बिस्तारित बैंठक संगै प्रशिक्षण कार्यक्रम धरानमा शुरु भएको छ । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले औपचारिक कार्यक्रमको उद्घाटन गरेका थिए । उपाध्यक्ष पाण्डेले कार्यक्रममा बोल्दै धरानमा नेकपा एमालेले नेतृत्व गुमाउनुका मुख्य कारणबारे समीक्षा गर्न नेता कार्यकर्तालाई निर्देशन गरे । उनले पार्टीका धरान उपाध्यक्ष पारस काङ्माङ राईले प्रस्तुत गरेको राजनीतिक, साङ्गठनिक प्रशिक्षण प्रतिवेदन र आगामी कार्ययोजना तथा कार्यभार विषयक प्रतिवेदनमाथि टिप्पणी गर्दै दलाल पुँजीवादका बारे तल्लोे तहसम्म प्रशिक्षण हुन आवश्यक रहेको बताए । 

301145445_611959760539094_8650397903260629322_n

विस्तारित बैठकमा कोशी प्रदेश सभा सदस्य तथा एमालेका प्रदेश कमिटी सदस्यसमेत रहेका विजयकुमार राईले धरानमा एमाले पहिलो सङ्गठन भएर पनि प्रमुख पदमा पराजय भएको विषय समीक्षा गर्नु पर्ने बताए । दुई पटक प्रमुख पद गुमाएको बताउँदै उनले मिसन ८४ मा जित सुनिश्चित हुनु पर्ने चाहाना सबैमा रहेको उल्लेख गरे । उनले  नेतृत्व बीचको केमेस्ट्री, साथीभाइ बीचको सहजता नमिलेको होला भन्दै टिप्पणी गरे । प्रदेश सभा सदस्य राईले आगामी निर्वाचनमा सबै पदसहित २० वटै वडा नेकपा एमालेले जित्ने सङ््कल्प लिनु पर्ने बताए ।

पार्टीकी केन्द्रीय सदस्य मन्जु भण्डारीले  एमाले कही कमजोर छ भने आफै भित्र रहेको छ भन्ने केन्द्रीय कमिटीको निष्कर्ष उद्धृत गर्दै पार्टीको शक्तिको क्षयीकरण भएको बताईन् । (पार्टीपङ्क्ति ठीक ढङले चलेको छ कि छैन, केन्द्रीय कमिटीको निर्देशन प्रदेश कमिटीले पालना गरेको छ कि छैन ? प्रदेशको निर्देशन जिल्ला कमिटीले पालना गरेको छ कि छैन?, केन्द्रीय सदस्य भण्डारीले बोल्ने क्रममा प्रश्न गरिन् । पार्टीमा जिम्मेवारी लिन होडबाजी हुने, जिम्मेवारी पालना गर्ने बेला होडबाजी नहुने ? यसको समीक्षा हुनु पर्छ पार्टीको काम र कार्यसम्पादनमा प्रतिस्पर्धा हुनुपर्ने भन्दै आफ्नो धारणा राखिन् । 

पार्टीका केन्द्रीय सदस्य तथा धरान इन्चार्ज जगदीशप्रसाद कुसियतले विस्तारित बैठक र प्रशिक्षणले पार्टीको सुदृढीकरण गर्ने धारणा राखे । ुमिसन ग्रासरुटको उपलब्धीको समीक्षाबाट मिसन ८४ लक्ष्य पार्टीले निर्धारण गरेको हो,ु कुसियतले भने, ुपार्टीलाई एकल बहुमतका साथ विजयी गराउने मूल उद्देश, पार्टी सुदृढीकरण, घातअन्तरघातलाई समाप्त गर्ने, वैचारिक, सैद्धान्तिक अपरिपक्वतालाई अन्त्य गर्दै जनताको मनमनमा बसाउने लक्ष्य मिसन ०८४ को लक्ष्य हा कुयियतले भने । 

बैठकको पहिलो सत्रमा नेकपा एमाले धरानका आर्थिक विभाग प्रमुख शिवराज श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । दोस्रो सत्र प्रशिक्षणको हुने एमाले धरानका उपसचिव योगेशबाबू काफ्लेले बताए । उनले आगन्तुक अतिथिलाई स्वागत मन्तव्य राखेका थिए । सचिव राजेन्द्र राईले संचालन गरेको कार्यक्रममा वंशी मोक्तान, इन्द्रबहादुर राईलगायतका बामपन्थी नेताहरुको उपस्थिति रहेको नगर अध्यक्ष हर्कजङ्ग एभेङले जानकारी दिए ।