धरान÷ महाकुम्भमा कांग्रेसले राखेको हेल्थ डेस्कबाट ५ हजार बढी दर्शनाथीले निशुल्क स्वाथ्य सेवा लिएका छन् । बाह« वर्षमा लाग्ने पिण्डेश्वार पूर्ण महाकुम्भ मेला प्रारम्भ भएसंगै दर्शनार्थी तथा तिर्थालु भक्तजनहरुको स्वास्थ्यलाई ध्यानमा राखेर नेपाली कांग्रेस, क्षेत्र नं. १ सुनसरीले धरानको पिण्डेश्वर वावाधाम परिसरमा राखेको १ महिने निशुल्क हेल्थ डेस्कवाट ५ हजार बढीले स्वास्थ्य सेवा लिएका हुन् ।

महाकुम्भ मेला शुरु भएसंगै गत चैत्र २७ गतेवाट कांग्रेसले सञ्चालन गरेको निशुल्क हेल्थ डेस्कवाट हालसम्म सेवा लिने तिर्थालु भक्तजनहरुको संख्या ५ हजार १३ पुगेको क्षेत्रीय सभापति सुजेन्द्र तामाङले बताए । महाकुम्भ दर्शन गर्न आएका कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले समेत हेल्थ डेस्कमा स्वास्थ्य जांच गराउदै सुनसरी १ नं. क्षेत्रीय कार्यसमितिले अत्यन्तै उच्चस्तरको मानवीय सेवाको कार्य गरेको भन्दै प्रंशंसा गरेका छन् । त्यसैगरी कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री अर्जुननरसिह के.सी. ले समेत स्वास्थ्य जांच गराएका थिए । टाढाटाढा बाट आएका तिर्थालु भक्तजनहरुलाई निशुल्क स्वास्थ्य सेवा प्रवाह गरेर कांग्रेसका साथीहरुले अत्यन्त पून्यको कार्य गरेको के.सी ले बताए । 

301145445_611959760539094_8650397903260629322_n

नेपाल टेलिभिजनका पूर्व समाचार निर्देशक तथा समाचार वाचक मनोहरी थापाले हेल्थ डेस्कमा आई स्वास्थ्य सेवा लिने क्रममा निशुल्क स्वास्थ्य सेवा दिने नेपाली कांग्रेस र निशुल्क पिउने पानी उपलब्ध गराउने नेवार एकता समाजलाई धन्यवाद दिंदै पिण्डेश्वर महाकुम्भ मेलाको समग्र व्यवस्थापन राम्रो भएतापनि पार्किङ र सरसफाईमा कम्जोरी देखिएको गुनासो सुनाए । हेल्थ डेस्कमा प्रेसर र सुगर जांच हुनका साथै आवश्यकतानुसार ग्याष्ट्रिकको औषधी, उल्टी रोक्ने औषधी, टाउको दुखाई कम गर्ने औषधी, जीवन जल आदि औषधीहरु वितरण गर्ने, स्वास्थ्य सम्बन्धि जनचेतानमूलक पर्चा वितरण गर्ने तथा  चोटपटक लागेमा डे«सिङको समेत व्यवस्था गरिएको छ ।

स्वास्थ्य सेवा लिन आउने दर्शनार्थीहरुको प्रेसर र सुगर परीक्षण गरिनुका साथै आवश्यकतानुसार प्यानटप, आर–टिन, सिटामोल, जीवनजल, एभोमिन लगायतका औषधीहरु सेवन गर्न दिनु परेको नेपाली कांग्रेस क्षेत्रीय स्वास्थ्य विभाग प्रमुख शिखा चेम्जोङले बताईन ।

नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति, क्षेत्र नं १, सुनसरीको आयोजनामा कांग्रेसको क्षेत्रीय स्वास्थ्य विभागको संयोजनमा तथा नेपाली कांग्रेस प्रदेशसभा १(१), १(२), धरान नगर, १४ नं. वडा र नेपाल महिला संघको क्षेत्र, प्रदेशसभा १(१), १(२), धरान नगर कार्यसमितिको व्यवस्थापकीय सहयोगमा, पिण्डेश्वर वावाधाम व्यवस्थापन समिति, सानिमा रिलायन्स लाईफ ईन्स्योरेन्स र अमर पोलिक्लिनिक धरान–१८ को सहयोगमा एक महिने निशुुल्क हेल्थ डेस्क राखिएको हो । हेल्थ डेस्क बैशाख २८ गतेसम्म रहनेछ ।

डेस्कमा वी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, नेपाल परिवार नियोजन संघ, विजयपुर अस्पताल, रोट्रयाक वीपीकेआईएचएस लगायतका चिकित्सक तथा स्वास्थ्यकर्र्मीहरुले सेवा दिदै आएका छन् ।