पोखरा/ खाजा खान जाम भनी बसमा लगेर सामुहिक बलात्कार गर्ने ३ जाना आरोपीलाई प्रहरीले गरेको छ । पोखराबाट सामूहिक बलात्कार आरोपमा ३ जनालाई प्रहरीले पक्राउ परेको हो । गत २४ गते उनीहरूलाई अमरसिंह चोकबाट पक्राउ गरिएको हो । मादी गाउँपालिका ९ का ३६ वर्षीय चन्द्रबहादुर थापा, पोखरा १२ का ३८ वर्षीय कृष्ण रानाभाट र सोही ठाउँका २९ वर्षीय विनोद परियार पक्राउ परेका हुन् ।

उनीहरुले खाजा खान जाम भनि बसमा लगेर बलात्कार गरेका प्रहरी अनुसन्धानबाट खुलेको छ । खाजा खान जाम भनी ललाई फकाई खेलकुद मैदानमा पार्किङ गरी राखेको बस भित्र लगी बियर समेत सेवन गर्न लगाएको भेटियो, कास्की प्रहरी डीएसपी वसन्तकुमार शर्माले भने, त्यसपछि पालैपालो जबरजस्ती करणी गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

तीनै जनालाई जिल्ला अदालतबाट जबरजस्ती करणी (सामूहिक) मुद्दामा म्याद थप गरी अनुसन्धान शुरु गरिएको शर्माले बताए । ञलामो समय गाडीको ढोका बन्द रहेको र सीआरभीले खोल्दा आपत्तिजनक अवस्थामा भेटियो, उनले भने, महिला काठमाडौँबाट पोखरा पुगेको भनिएता पनि घटनाबारे प्रस्ट हुन बाँकी रहेको प्रहरीको भनाई छ ।