बुटवल÷श्रीमती हत्या गरेको आरोपमा नेपाली सेनाका जवान पक्राउ परेका छन् । दाङमा श्रीमतीको हत्या  आरोपमा सेनाका एक जवान पक्राउ परेको हो । आज  बिहान  दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ डुम्रीगाउँस्थित घरको कोठामै श्रीमतीको हत्या  गरेको आरोपमा सेनाका जवान ३६ वर्षीय सालिकराम बुढाथोकी  पक्राउ परेका हुन् । 

301237839_775165910202031_1577179248258595507_n

बिहानै  हत्या  गरेर फरार रहेका  बुढाथोकीलाई तुलसीपुर बाहिनी चोकबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी रामबहादुर केसीले  जानकारी दिए सल्यान जिल्लाकोे कपुर कोट ६ घर भई नेपाली सेनाको ज्वालदल गण बारामा कार्यरत अमलदार बुढाथोकीले श्रीमती टिका बुढाथोकीको हत्या गरेको प्रहरीले जनाएको छ । शान्ति सेनाबाट फर्किएर घर बिदामा आएका बुढाथोकीले श्रीमतीलाई बिहान परपुरुषसँग आपत्तिजनक अवस्थामा भेटाएपछि खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । खुकुरी प्रहारबाट घाइते भएकी टिकाको राप्ती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

सालिकरामले श्रीमतीका साथमा फेला परेका नेपाली सेनाका जवान आर्यन थापालाई समेत खुकुरी प्रहार गरेका छन् । थापाको गर्धन र टाउकोमा गम्भीर चोट लागेको छ । उनको अवस्था पनि गम्भीर भएको प्रहरीले जनाएको छ । खुकुरी प्रहार गर्ने सालिकराम इलाका प्रहरी कार्यालय तुलसीपुरको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।