धरान/आठ महिना पछि धरानले प्रमुख प्रशासनकीय अधिकृत भूपेन्द्र राई पाएको छ । विगत ८ महिनादेखि धरान उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृतविहिन बनेको थियो । धरान उपमहानगरपालिकामा बुधबार सहसचिव भुपेन्द्र राई हाजिर भएका छन् । कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमा रहनु भई भरखरै सहसचिवमा बढुवा हुनु भएका राईलाई सरकारले धरानको प्रमुख प्रशासकीय अधिकृतको रुपमा पठाएको हो । 

301145445_611959760539094_8650397903260629322_n

बुधबार दिउँसो उपमहानगरपालिकामा विभिन्न महाशाखा, शाखाका कर्मचारीहरुले राईलाई सवागत गरेका छन् । मन्त्रीपरिषदले सहसचिव श्रीराम ठाकुरलाई धरान पठाउने निर्णय गरेपनि समस्या देखाउदै उनी आएन् । मेयर उपमेयरलगायत जनप्रतिनीधिविचको किचलोका कारण धरानमा प्रशासकीय अधिकृत जोकोही आउन मानेका छैनन् । मेयर हर्कराज राई मेयर हुनुभन्दा अगाडी धरान सबैको रोजाईमा पर्ने गरेको थियो । तर मेयर राई आए पछि उपमहानगरको काम तोक आदेशमा गर्न खोजे पछि अधिकृतहरु आउन रुचाउदैंनन् । 

सरकारले आर्थिक अधिकारसमेत दिएकी निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रज्ञा निरौला र मेयर हर्क साम्पाङबीच मतभेद बढेपछि उहाँ विदा मिलाएर अन्यत्र सरुवा मिलाई सकेकी छिन् । मेयर साम्पाङले काम गर्न नदिई विदामा बस्न बाध्य बनाएको बताइएको छ । प्रमुख प्रशासकीय अधिकृत नभए पछि भुक्तानी, कर्मचारीको तलबसमेत रोक्का भएर प्रभावित बनेको थियो । यता असार १० गते सार्वजनिक गर्नु पर्ने बजेटसमेत प्रभावित हुन लागेको अवस्था छ । 

नगरको काम सबै प्रभावित भए पछि राजनीतिक दलहरुले अधिकृत पठाउन प्रधानमन्त्रीलाई पत्रसमेत पठाएका थिए । प्रमुख प्रशासकीय अधिकृतले बैठकको लागि पत्राचार गर्नुपर्नेमा मेयर साम्पाङ आफैले क्षेत्राधिकार मिचेर पत्र पठाएको भन्दै वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुले पत्रकार सम्मेलन गरी कार्यपालिका बैठकमा सहभागीता नहुने भनेका छन् ।