सुनसरी जिल्लामा आयोजित २०८१ को एसईई स्पिकरमा ममता तामाङ बिजयी बनेकी छिन् । धरानर्मा याडिकल लाईट नेपाल प्रालिले आयोजना गरेको एसईई स्पिकर सिजन(४ मा धरान(६ को शिक्षा सन्देश माविकी तामाङ प्रथम बनेकी हुन् ।

सोमबार धरान(८ स्थित सहीद स्मृति माविमा आयोजीत फाईनल प्रतिष्पर्धामा सहभागी १५ प्रतिष्पर्धी मध्ये १४ जनालाई पछी पादै तामाङले विजयी बनेकी थिइन् । तामाङले नगद २० हजार र कक्षा ११ र १२ का पूर्ण छात्रवृत्ति तथा प्रमाणपत्र पाईन् । त्यस्तै बराहक्षेत्र नगरपालिका(१ स्थित हिमालयन माविकी दीया राईले दोस्रो बनेर नगद १५ हजार, ७० प्रतिशत छात्रवृत्ति र प्रमाणपत्र पाईन् । त्यस्तै जेम्स आवासिय स्कुल धरानकी क्याथरिन योञ्जनले तेस्रो बनेर नगद १० हजार, ६० प्रतिशत छात्रवृत्ति तथा जन सहयोग मावि तरहराकी रेशिका शर्माले सान्त्वना बनेर नगद ५ हजार, ५० प्रतिशत छात्रवृत्ति र प्रमाणपत्र पाईन् ।
उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश योजना आयोगका सदस्य भवानी बरालले पुरस्कार वितरण गरे । त्यस्तै अन्य विभिन्न टाईटल विजेताहरुलाई पत्रकार गोपाल दाहाल, देवेन्द्र कार्की, सहीद स्मृति माविका प्रधानाध्यापक रामबहादुर विष्ट, निणार्यकद्वय राजेश विद्रोही र अशोक पोखरेल लगायतले प्रमाणत्र वितरण गरेका थिए ।
एसईई परीक्षा दिएका बालबालिकालाई बोल्ने कलाको विकास गराउन हरेक वर्ष यस्तो कार्यक्रम गर्ने गरेको आयोजक रेडिकल लाईट नेपाल प्रालिका अध्यक्ष तीर्थ कार्कीले बताए । कार्यक्रम रेडिकल लाईटका प्रबन्ध निर्देशक हिमाल कार्कीकोे अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।