विराटनगरर/मोरङको विराटनगरमा ग्राहकको हत्या आरोपमा होटल सञ्चालिका तालीदेवी पक्राउ परेकी छिन् । विराटनगर– १९ बैजनाथपुरमा होटल सञ्चालन गर्ने ३५ वर्षीया तालीदेवी ऋषिदेव पक्राउ परेकी हुन् । शनिबार साँझ होटलमा आएका ५० वर्षीय वीरबल गोसाईंलाई कुटपिट गरी हत्या गरेको आरोपमा तालीदेवीलाइ पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।
उनका अनुसार मदिरा सेवन गर्न होटल पुगेका वीरबल र तालीदेवीबीच सामान्य विवाद भएको थियो । सोही क्रममा होटल सञ्चालिकाले कुटपिट गर्दा वीरबल घाइते भएका थिए । कुटपिटबाट घाइते भएका उनको उपचारको क्रममा आइतबार दिउँसो कोशी अस्पतालमा मृत्यु भएको थियो । घट्नाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।